माओवादी केन्द्रमा एकतासँगै विवाद, कार्यदिशा र पदाधिकारी टुंगो अझै लाग्न सकेन

CPN-Maoist-Centre1

काठमाडौं । विभिन्न माओवादीबीच एकता भई एउटै माओवादी केन्द्र बनाउने अभियानमा लागेको माओवादी केन्द्रमा विचारमा एक रुपमा हुन नसक्दा एकता भएको एक महिना हुँदा समेत कार्यदिशा र पदाधिकारीको टुंगो लाग्न सकेको छैन । विचार फरक फरक भए पनि भावनात्मक एकता गर्ने प्रयासले गर्दा यो समस्या भएको हो ।

पार्टी एकीकरणपछि भावी दिशा तय गर्न वर्षमान पुन नेतृत्वमा गठित नौ सदस्यीय कार्यदलले काम गर्न नगर्दा सिंगो पार्टी योजनाविहीन बनेको कार्यकर्ताको गुनासो छ।

पार्टी एकीकरणपछि बनाइएका १ हजार ९९ केन्द्रीय सदस्यलाई के जिम्मेवारी दिने भन्नेबारे अहिलेसम्म कुनै योजना नबनेको एक केन्द्रीय सदस्यले बताए।‘हिजोआज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गर्न र गुनासो गर्न गएका कार्यकर्ताको भेट्ने समय छैन, कोकसलाई केन्द्रीय सदस्य बनाउने हो नाम दिनुस् भन्ने गरेको एक कार्यकर्ताले बताए ।

प्रचण्ड यसरी तरंगित छन् कि अरु कुनै विषयमा भेट गर्न गए पनि उनले केन्द्रीय सदस्य बनाउनुपर्यो भन्ने गरेका छन्, उनले भने ।

विगतमासँगै काम गरेका अधिकांश समूहसँग एकता गरेको माओवादीलाई अहिले सबैलाई समेट्ने गरी कार्यदिशा तय गर्नै समस्या आइपरेको ती सदस्यले बताए।‘