कुन हो संसारकै सुपर पावर जनावर ?

कुन हो संसारकै सुपर पावर जनावर ?

Super power animalदोस्रो विश्वयुद्धको समाप्तीसँगै विश्व दुई ध्रुवमा विभाजित भयो र लामो समय शीतयुद्धकालको अवस्थाबाट गुज्रिन पुग्यो । सोभियत संघको विघटनसँगै विश्वमा साम्यवादी खेमा कमजोर बन्न पुग्यो । पुँजीवादी खेमा मजबुत मात्रै बनेन उसको संसारमा एकलौटी नै चल्यो । आजपनि अमेरिका विश्वको सुपर पावर हो । कसैले रसियालाई सुपरपावरको रुपमा लिन्छन् भने चीन पनि अहिलेको उदाउँदो महाशक्ति राष्ट्र हो । पछिल्लो समयमा रुस, चीनलगाउतका देशहरु अमेरिकासँग टक्कर लिन सक्षम बनेका छन् । आर्थिक विकासको हिसाब गर्ने हो भने अहिले विश्व बजारमा छाएको चीन धेरै अघि बढिसकेको छ । उसले पछिल्ला वर्षहरुमा रक्षा बजेटमा भारी मात्रामा वृद्धि गरेको छ ।

यो सबै मानवीय मानवीय गतिविधिको उपज हो र मानव यो धर्तीको सर्वश्रेष्ठ तर एउटा प्राणी हो । तर जनवारहरुमा को होला सुपरपावर ? तपाईले पक्कै पनि सिंह जनवार जगतको सुपरपावर हो भन्ने उत्तर तयार पारिसक्नु भयो होला । किनकी सिंह एउटा हिंस्रक जनवार हो र यसलाई ‘जंगलको राजा’ उपमा दिइएको छ ।

सिंह विरालो प्रजातिको जनवारमध्ये सबैभन्दा ठूलो जनवार हो र यसको सामान्यतया तौल २ सय ५० केजी सम्म हुन्छ । प्राचीन समयमा यो अफ्रिका, उत्तरी अफ्रिकादेखि युरेसिया हुँदै ग्रिस, दक्षिणपूर्वी युरोप र भारतीय उपमहाद्वीपमा अत्याधिक पाइन्थ्यो । तपाईहामीलाई सुन्दै अचम्म लाग्नसक्छ तर आजभन्दा १ हजार वर्षअघि मानिसपछि सबैभन्दा धेरै क्षेत्रमा पाइने स्तनपायी प्राणी थियो । सिंह १७ हजार वर्षपहिलेको पाषाणकालीन समयदेखि निरन्तर अस्तित्वमा रहेको प्राणी पनि मानिन्छ । तर, पछिल्लो समयमा सिंहको संख्यामा कमी आउनुका साथै चिढियाखानामा सीमित हुन पुगेका पनि कतिपय उदाहरणहरु नभएका होइनन् ।

यतिमात्रै होइन जनवार जगतमा बाघ, सिंह, चितुवा आदिलाई शक्तिशाली जनवारको रुपमा हेर्ने गरिन्छ । परम्परागत रुपमा यसका १२ वटा उपप्रजातिहरुलाई यसको उपस्थिति, आकार र वितरणको हिसाबले मान्यता प्राप्त छन्, तर यतिकै आधारमा यिनीहरुलाई सुपर पावर जनवार भन्न भने सकिदैन ।

जनवारको दुनियाँ सर्प पनि एउटा सुपर पावर जनवार हो । जो सबैभन्दा खतरनाक र चलाख शिकारी मध्ये शीर्ष स्थानमा पर्छ । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा पाइने वेस्टर्न डायमण्डब्याक रेटलस्नेक संसारकै सबैभन्दा धैर्यवान शिकारी सर्प हो । यो एक्लै लुकेर बस्ने गर्दछ र आत्मविश्वासका साथ आफ्नो शिकार पर्खिरहेको हुन्छ ।

कुनै समय यो पर्खाई दुई वर्ष लामो समयसम्म पनि हुन्छ । यसको अर्थ यो सर्प दुई वर्षसम्म केहि नखाई बस्नसक्छ । तर मौका परेको बेलामा भने यसले धेरै भयानक तरिकाले शिकारमाथि आक्रमण गर्ने गर्छ ।

यसको शिकार समात्ने सम्भावना करिब शत प्रतिशत हुने गर्छ । यसको सबैभन्दा खतरनाक हतियार यसको शक्ति नभएर गति हो । यसैवर्ष मार्चमा छापिएको एक अनुसन्धानको रिपोर्टअनुसार आफ्नो शिकारमाथि यस सर्पको हमलाको समय ४४ देखि ७० मिलिसेकेण्ड हुन्छ । यसबाट नै तपाई यसले कति छिटो शिकारमाथि आक्रमण गर्न सक्छ भन्ने अन्दाज अन्दाज लगाउन सक्नुहुन्छ जबकी तपाईको आँखा झिम्काउन पनि २०० मिलिसेकेण्ड लाग्ने गर्छ । यो समयमा कुनै सर्पले आफ्नो शिकारमाथि चार पटक आक्रमण गरिसकेको हुन्छ । यो गति हाम्रो कल्पनाभन्दा पनि बाहिरको कुरा हो । हामीले कुनैपनि अंग जति छिटो चलाउन सक्छौं त्यसको केही गुणा तिव्र गतिमा सर्पले आफ्नो शिकारमाथि आक्रमण गर्छ । यदि हामीले सर्पजस्तै तिव्र गति देखाएमा हामी ढल्न सक्छौं किनकी हाम्रो मस्तिष्कले यति तिव्र गतिलाई सहने सामथ्र्य राख्दैन ।

अमेरिकाको लुसियाना विश्वविद्यालयका अनुसन्धानकर्ता डेभिड पेनिङले सर्पको बारेमा धेरै अनुसन्धान गरेका छन् । उनी भन्छन्, ‘सर्पको आक्रमणमा शिकारको बाँच्ने सम्भावना करिब करिब असम्भव हुन्छ ।’ उनले महिनौसम्म अमेरिकी रेटलस्नेकको शिकार गर्ने तरिकालाई अवलोकन गरेका छन् । त्यतिमात्रै होइन उनले संसारकै विषालु र विष बिहीन सर्पको बारेमा पनि सुक्ष्म रुपमा अनुसन्धान गरेका छन् । उनी भन्छन्, ‘हामीलाई लाग्छ कि हामीले सर्पले जतिपटक शिकारमाथि हमला गरेपनि हामीलाई हमला नगरेजस्तो लाग्न सक्छ ।’

संसारमा सर्पका करिब साढे ३ हजार प्रजातिहरु पाइन्छन् । यसमा साना वाइपर्स देखि ठूला ठूला अजिंगरसम्म पर्छन । तर यिनीहरुमाथि यति धेरै अनुसन्धान भएको छैन । जुनमाथि अनुसन्धान गरिन्छ, उनीहरु सबैको गति आश्चर्यजनक नै पाइएको छ । सर्पको यस्तो खुबी हुनुमा यसको शरीरमा धेरैभन्दा धेरै मांसपेशीहरु हुनुपनि एक हो । एउटा मानिसको शरीरमा औसतमा ७ सय देखि ८ सय मांसपेशी हुन्छन् तर एउटा सानोभन्दा सानो प्रजातिको सर्पमा पनि १० हजार देखि १५ हजार मांशपेशीहरु हुन्छन् ।

हामीलाई अझैपनि सर्पले यसरी फुर्तीसाथ आक्रमण गर्नुकापछि यी मांसपेशीहरुबाट कसरी फाइदा उठाउँछ भन्ने बारेमा अझै अनुसन्धान भइसकेको छैन । तर केही मानिसहरुको ठम्याई यस्तो छ कि सर्पका सबै मांसपेशीहरु एक अर्कामा जोडिएका हुन्छन् । त्यसकारण जब यसले हमला गर्छ त्यसबेला एकसाथ रबर ब्याण्डको जस्तै तन्किएर फुर्तीसाथ हमला गर्नमा मद्दत गर्छन् ।

सर्पको फुर्ती जुन अनुमानभन्दा पनि टाढा छ । यसले जुन रफ्तारमा शिकारमाथि हमला गर्छ, यसको असर खुद यसैमा पनि पर्छ । आखिर यसले कसरी यति तिब्र गतिमा आक्रमण गर्छ र शिकार गर्छ ? किनकी सर्पको जुन रफ्तार हुन्छ, यस रफ्तारमा कुनै अर्को जनावरको ज्यान जाने निश्चित हुन्छ ।

अमेरिकी अनुसन्धानकर्ता डेभिड पेनिङ भन्छन्, ‘सर्पले ३० जी (गुरुत्वाकर्षण पावर) सम्म तिव्र गतिमा आफ्नो शिकारमाथि आक्रमण गर्छ । पृथ्वीको गुरुत्वाकर्षण शक्ति ९.८ एम÷एक स्क्वायर हुन्छ । यसको मतलब यो हो कि कति तिव्र गतिमा पृथ्वीले हरेक वस्तुलाई आफ्नो गुरुत्वाकर्षण शक्तिले आफूतिर तान्छ त्यसको ३ गुणा तिव्र गतिमा सर्पले आफ्नो शिकारमाथि आक्रमण गर्छ । ८ ‘जी’ को गतिमा रहेको लडाकु विमानका पाइलटले सुन्नमा लगाउँछ । जबकी यो समयमा लडाकु विमान तिव्र गतिमा हावामा पुगिसकेको हुन्छ । यही रफ्तार १० ‘जी’ मा पुग्यो भने पाइलट नै अचेत बन्ने डर हुन्छ । तर सर्पले यसको पनि तीन गुणा तिव्र गतिमा शिकारमाथि हमला गर्न सक्छ ।

जसरी कुनै छेपारो वा सरिसृपले आफ्नो जिब्रोको तिव्रतासँगै शिकार समात्छ । तर यसमा र सर्पमा तुलना गरेर हेर्ने हो भने ती जनवारहरुको मस्तिष्क नभएर जिब्रोमात्रै त्यति तिव्र रफ्तारमा हुन्छ । तर सर्पले जब हमला गर्छ त्यसबेला उसको जिब्रो र मस्तिष्कमात्रै नभएर पूरै शरीर नै रफ्तारमा हुन्छ ।

मस्तिष्क शरीरको एक संवेदनशील र कमजोर अंग हो । आम रुपमा कुनै अरु जवावरको मस्तिष्क यति तिव्र गति या झट्का सहन गर्न सक्दैन । जब लडाकु विमानका पाइलट तिव्र गतिमा हावामा उडिरहेको हुन्छ त्यसबेला उसको शरीरको रगत खुट्टासम्म नै तिव्र रहेको हुन्छ । यदि रगत फर्किएर दिमागमा पुगेन भने उ बेहोश हुने डर हुन्छ र दिमागमा असर परी बेहोस हुने सम्भावना हुन्छ ।

तर सर्पले तिव्र गतिमा आक्रमण गरेको समयमा आफ्नो दिमागमा पर्ने झट्कालाई पनि सजिलै झेल्न सक्छ । यो सर्पको मस्तिष्कमा रहेको एक बिशिष्ट क्षमता पनि हो । वैज्ञानिकहरु भन्छन्, यस्तो उसको टाउकोको बनावटका कारण सम्भव हुन्छ ।’ सर्पको टाउकोमा जोड दिएमा पनि उसले तिव्र गतिमा हमला गरेको समयमा झट्कालाई सहन सक्छ र यसको मस्तिष्कमा कुनै असर पर्दैन ।

वैज्ञानिकहरुले सर्पको हड्डी र यसको शारीरिक प्रणालीले यति तिव्र गतिको झट्कालाई सहन र शिकार समात्न कसरी सहयोग गर्छ भन्ने विषयमा पनि अध्ययन गरिरहेका छन् । वैज्ञानिकहरुले सर्पको अध्ययन गर्दै मानिसलाई पनि यति तिव्र गतिको झट्काबाट बचाउन सकिन्छ कि सकिदैन भन्ने विषयमा अनुसन्धान गरि उपाय खोजिरहेका छन् ।

केही वैज्ञानिकहरुले यसै जानकारीलाई प्रयोग गरेर यस्तो गाडी बनाउने परिकल्पना गरेका छन् कि यसले तिव्र गतिको रफ्तारमा हुने दुर्घटनाबाट बचाउन सकोस र मानवीय क्षति कम गर्न सकियोस । डेभिड पेनिङ भन्छन् कि अझै उनको अनुसन्धान यो दिशातिर छ कि कि शिकारसँगको टकराबका समयमा सर्पले जुन तिव्र गतिमा झट्का लगाउछ यसलाई ऊ आफैले चाँहि कसरी नियन्त्रणमा राख्छ ?
किनकी कुनै समयमा फुर्तीका साथ आक्रमणमा अघि सरेको सर्पले पछि हट्नुपर्ने समेत हुन्छ । यस अवस्थामा उसले आफू र आफ्नो गतिलाई कसरी नियन्त्रणमा राख्छ होला ? यो अनुसन्धानकै विषय हो । ताकी यसबाट मानिसले समेत फाइदा लिन सकोस ।