स्मृतिको रक्तिम पानामा कमरेड गमबहादुर मोक्तान ‘पहाड’

अहिले यतिबेला म कमरेड गमबहादुर मोक्तान ‘पहाड’ को क्रान्तिकारी जीवन, जहाँ उहाँ सबै परीक्षाहरूमा विशिष्ट श्रेणीमा उत्तीर्ण हुनुभयो, को स्मरण गरिरहेको छु । उहाँ नेपाली क्रान्तिको एक होनहार व्यक्तित्व हुनुहुन्थ्यो । यस पटक उहाँको क्रान्तिकारी निष्ठा र योगदानसहित उहाँको संक्षिप्त जीवनीका केही हरफ कोर्ने जमर्को गरेको छु । कमरेड गमबहादुर मोक्तान ‘पहाड’को नाम उच्चारण गर्दा […]

जनादेश

  ए शासकहरु हो ! तिमीलाई देश दुख्छ भने कालापानी, लिपुलेक र लिम्पियाधुरामा मलम लगाऊ तिमीलाई देश चहराउँछ भने पुनर्बास, महलिसागर र खुर्दलोटनबाँधको उपचार गर तिमीलाई राष्ट्रिय स्वाधीनताको पीडा छ भने विस्तारवादी नाङ्गो हस्तक्षेपका विरुद्ध लड तिमीलाई जनताप्रति समवेदना छ भने सुन कान खोलेर सुन उनका आर्तनाद कथा र ब्यथा सुन अनि राष्ट्र र जनताप्रति […]

शहीद शारदालाई सम्झँदा

इतिहासका गर्भमा धेरै कुराहरू बिलीन भएर गए, धेरै आफन्तहरू गए । धेरै परिचितहरू गए, अपरिचितहरू त कति गए कति ? मायामोहका कारण आफन्तहरू र परिचितहरूको सम्झना भने लामो समयसम्म बसिरहँदो रहेछ । बेला बखत ती आफन्त र परिचितहरूको सम्झना हुँदा मुटु गाँठो परेर आउँछ । नमिठो पीडाले मनलाई छुन्छ र आँखाका डिलडिलबाट आँशु पोखिन खोज्छन् […]

प्रलेसबारे केही कुरा

मूलबाटोमा अर्को प्रलेस गठनको तयारी भन्ने समाचार प्रकाशित भयो । उक्त समाचारले केही तरङ्ग ल्यायो । विशेषतः सो समाचारले सत्तापक्षका साथीहरु र प्रलेसका बहालवाला साथीहरुमा केही भ्रम पर्यो र साथीहरु उत्तेजित पनि हुनुभयो । मूलबाटोलाई भ्रमपूर्ण र कपोलकल्पित समाचार छाप्यो भन्ने प्रतिक्रिया पनि दिए साथीहरूले । कतिपयले व्यङ्ग्य शैलीमा र कतिपयले सोझै टिप्पणी गरे । […]

क्रान्तिकारी लेखक-साहित्यकारहरु छुट्टै प्रलेस निर्माणको तयारीमा

काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न बैठकले समसामयिक साँस्कृतिक विषयहरुमा व्यापक छलफल गरी महत्वपूर्ण निष्कर्ष निकालेको छ । बैठकले वर्तमान राज्यसत्ताले निश्चित राजनीतिक दलमाथि लगाएको प्रतिबन्ध फासिवादी शैलीको भएकोले र गणतन्त्रमा पनि विचारको निषेध गरिएको हुँदा त्यसको तीव्र विरोध […]

देशको सीमा खोज्दा

यो देशको सरकार कस्को सोध्नु पर्ने भयो हराएका सीमाहरु खोज्नुपर्ने भयो घुम्यौ हामी अभियानमा मेचीमहाकाली अनुगमन गर्यौं हामी सीमा वारिपारि थेन कतै जङ्गे पिलर खै त कता गयो हराएका सीमाहरु खोज्नुपर्ने भयो यो देशको सरकार कस्को सोध्नुपर्ने भयो हराएका हाम्रा सीमा खोज्नुपर्ने भयो यो देशको सरकारले आँखा देखेन कि जनताहरु कराएको कान सुनेन कि मालिक […]

‘अन्त्य’ सम्बन्धी शून्यवादी चिन्तन : एक दार्शनिक सन्दर्भ

    नित्से : दार्शनिक दृष्टिले उत्तर आधुनिकतावाद अन्त्यका दर्शनमा आधारित छ । अथवा यसो भनौं यसको दार्शनिक पीठिका शून्यवादी दर्शन हो, जसका प्रणेता फ्रेडरिक विल्हेम नित्से (१८४४ –१९००) हुन् । डेरिडाली उत्तर संरचनावाद र फुकोइअन उत्तर संरचनावाद दुवैको दार्शनिक आधार नित्सेको शून्यवादी दर्शन हो (जिमा १४८, १५०) । फुकोले त आफै “म नित्सेवादी हुँ” भनेका […]

म ब्रिटिश साम्राज्यको भ्रमबाट यसरी मुक्त भए

मेरो बाबा भनेको अंग्रेजको पक्षमा लडाइँ लड्दालड्दा युद्ध सकिएपछि अलिकति कपडा र बाटो खर्च दिएर फौजबाट बिदाइ गरिको योद्धा हो । उहाँले आउँदा लिएको लडाइँमा पाएका नौवटा मेडलहरु अहिले मसँग छन् । मैले बेलाबेलामा यी मेडलहरु हेर्दछु । मेडल किन्न थुप्रै मानिसहरु आए । तिनीहरुले सक्कली हो कि नक्कली भनेर तेजाब लगाएर पनि हेर्ने गरे […]

झर्रोटर्रो : कैलुवार्ता

यतिखेर नेपाल कमाउ पाटी (नेकपा)को थाई कमिटीको अस्थाई गलफत्ती बैठक सकिएको छ । बैठकमा निकै तगडासित पँधेरे झगडा भयो । दुई थान अध्यक्ष र त्रिचालीस थान सदस्यहरू भएको निज कमिटीको बैठकमा निकै गरमागरम घोचपेच र दाउपेच भयो । एक नम्बरी अध्यक्षको त सातो लिनेगरी घोचपेच भयो । दुई नम्बरीले भने दाउपेच लिने हिरक अवसर पाए […]

जेलभित्र मेरा साथी

५ अप्रिल सन् १९७१ को कुरा हो । बन्दीहरु अरु बेला झैं उपवास बसेका थिए । आज कुराकानी र भेटघाटको दिन पनि थियो । कल्पना र मैले गाउँले तरिकाबाट खाना बनाउने अभ्यास गरेका थियौं । सबेरै म अगेनुको छेउँमा तहतह पारेर राखिएको कम्बलमाथि बसेर मटरदानाको पुआ बनाइरहेकी थिए । यो पुरुष बन्दी साथीहरुकहाँ लिएर जानु […]