‘माक्र्सवादी समालोचना लेखन तथा साहित्यको वर्तमान अवस्था र दिशा’ विषयक द्धिदिवसीय अन्तरक्रिया कार्यक्रम चितवनमा सम्पन्न

‘माक्र्सवादी समालोचना लेखन तथा साहित्यको वर्तमान अवस्था र दिशा’ विषयक द्धिदिवसीय अन्तरक्रिया कार्यक्रम चितवनमा सम्पन्न

प्रेम प्रसाद कडेल

चितवन ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘माक्र्सवादी समालोचना लेखन तथा साहित्यको वर्तमान अवस्था र दिशा’ विषयक द्धिदिवसीय अन्तरक्रिया कार्यक्रम भरतपुरको चेतना भिलेजमा सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य सचिव मोदनाथ मरहठठा र अध्यक्षता प्रतिष्ठानका अध्यक्ष हीरामणि दुःखीले गर्नु भएको थियो ।


उक्त कार्यक्रममा प्रशिक्षक प्रा डा जगदीश चन्द्र भण्डारी, प्रा डा गोपीन्द्र पौडेल, प्रा डा नन्दिश अधिकारी तथा रोशन जनकपुरी रहनु भएको थियो । विशेष अतिथि चन्द्रहरि सुवेदि रहेको उक्त कार्यक्रम सहिद प्रति एक मिनेट मौनधारण श्रद्धाञ्जली अर्पण गरि सुरू भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य र विषय प्रवेश मित्रलाल पाँगेनिले गर्नु भएको थियो ।
समालोचक रोशन जनकपुरी , प्रा डा नन्दिश अधिकारी, प्रा डा जगदीश चन्द्र भण्डारी लगायतले पनि उक्त विषयमा बोल्नुभएको थियो । विशेष अतिथि चन्द्रहरि सुवेदिले कार्यक्रममा सहभागी भएर नवीनतम् विषयमा छलफल भएकोले सिक्ने अवसर पाएको विचार व्यक्त गर्नु भएको थियो ।


इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हीरामणि दुःखीले कला साहित्य र सङ्गीतबारे बताउदै साहित्यमा प्रतिशोध होइन प्रतिरोध आन्दोलनमा सहभागी हुन आवश्यक रहेको बताउनु भएको थियो । वर्तमानमा लड्ने साहित्य चाहिएको बताउदै कार्यक्रममा सहभागी सबैमा हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सहभागी दुई दर्जन साहित्यिक प्रतिभाहरूको भव्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा पाटन क्याम्पसका प्राध्यापक चतुरभुज लाल केवरट, डा शिला योगी, ओपन युनिभर्सिटीकि प्राध्यापक वन्दना ढकाल, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक तेज बिलास अधिकारी , आर आर क्याम्पसका प्राध्यापक डा छायादत नेउपाने , पी एन क्याम्पसका प्राध्यापक यादव राज उपाध्याय र कवियत्री गौरी देवकोटाले आफ्ना अनुभव र सिकाइ बारेमा जानकारी र सुझाव व्यक्त गर्नु भएको थियो । प्रगतिवादी साहित्यको वर्तमान अवस्था र दिशासहित प्रशिक्षक डा गोपीन्द्र पौडेलले विषय प्रस्तुत गर्नु भएको थियो ।