पुँजीवादी व्यवस्थाको प्रारम्भ सामन्तवादबाट भएको हो । पश्चिमी यूरोपमा सामन्तवादको अन्त्यसँगै पुँजीवाद देखा प¥यो । इंग्ल्याण्डमा औद्योगिक क्रान्तिद्वारा पुँजीवाद परिपक्व भयो । १८ औं शताब्दीतिर बेलायतमा भएको औद्योगिक क्रान्तिले व्यक्तिगत स्वामित्वमा उत्पादनका साधनहरुको विकासकासाथै व्यापारको वृद्धि र संयुक्त पुँजी ९स्टक० कम्पनीको आविष्कार भयो । अर्को शब्दमा भन्दा कृषि प्रणालीबाट औद्योगिक प्रणालीमा बेलायत प्रवेश ग¥यो । जसमा नाफा प्रधान हुन गएकाले उत्पादनमा तीव्र विकास भयो । अस्तित्वमा आएका पुँजीवादी अर्थतन्त्रहरुमा स्वतन्त्र बजारका तत्वहरु समावेश भए, जसलाई राज्यले हस्तक्षेप गर्दथ्यो र आर्थिक योजनाहरु पनि बनाउँथ्यो । आधुनिक पुँजीवादको प्रारुप बेलायतमा कृषि प्रणालीबाट भयो भने व्यापारिक पुँजी युरोपमा १५ औं र १८ औं शताब्दीमा भयो । यो व्यापारिक पुँजी सामन्तवादी व्यवस्थामा शासन गर्ने आर्थिक शक्ति भयो र यसले व्यापारबाट नाफा कमाउन जोड दिन्थे, उत्पादनद्वारा होइन । व्यापारवादले जतिसकेको धेरै मालसामानहरु निर्यात् गर्नमा जोड दिन्थ्यो । व्यापारवादलाई पुँजीवादले प्रारम्भदेखि नै उदार आर्थिक सिद्धान्तद्वारा परास्त ग¥यो । पुँजीवादी आर्थिक दर्शनको नेतृत्व एडस्मिथले १७७६ मा वेल्थ अफ नेशन ९राष्ट्रको सम्पत्ति० भन्ने किताव लेखेर गरे । पुस्तकमा उत्पादन क्षमता, श्रम विभाजन, व्यक्तिगत स्वार्थ, स्वतन्त्र बजार प्रतिस्पर्धात्मक बजार हुन् र आर्थिक वृद्धिका लागि प्रतिद्वन्द्विता आदिबारे प्रकाश पारे ।
पश्चिमा मुलुकहरुले एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकी महादेशका जनतालाई शिक्षित नगरेको भए अझै असभ्य जंगली गरिब भएर जीवन गुजारिरहेका हुने थिए भनेर आफूलाई सभ्य भएको ढोंग गर्छन् । जब कि मानव सभ्यताको विकास एसिया, अफ्रिका र ल्याटिन अमेरिकामै भएको पुष्टि तथ्यहरुले प्रमाणित गरिसकेका छन् । सभ्यताको विकासको थालनी अफ्रिकाको प्राचीन इजिप्टमा ३४०० ई।पू।मा नाइल नदीको किनारमा भएको थियो । अफ्रिकी महादेशमा स्वतन्त्र रुपले नाइल उपत्यका ९नुविया– क्रुश० हर्न अफ अफ्रिका ९आकासुम० पश्चिम अफ्रिका र पूर्वी अफ्रिकी कोष्टका प्रत्येक क्षेत्रमा सांस्कृतिक विकासहरु भएका थिए । केही इतिहासकारहरुले सभ्यताको पहिलो विकास इजिप्टमा नभएर मेसोपोटामियामा ९हालको इराकमा भएको थियो । मेसोपेटामियापछि मात्र इजिप्टमा सभ्यताको विकास भएको मानिन्छ । अमेरिकी साम्राज्यवादीले इराकको सभ्यतालाई आक्रमण गरेर त्यहाँका राष्ट्रपति सद्दाम हुसेनको हत्या गरेर ध्वस्त पारे । अमेरिकी कठपुतली हुन अस्वीकार गरेपछि इराकसँग आणविक तथा अन्य घातक रासायनिक बम भएको अभियोग लगाएर आक्रमण गर्नुको पछाडि इराकको तेलमाथि अधिकार जमाउनु हो । इराक विश्वमा तेलको भण्डार भएको पाँचौं मुलुकमा पर्छ । इराकसँग करिब १४५ अर्ब व्यारेल कच्चा तेलको भण्डार छ ।
१९२१ मा इराकमाथि बेलायती साम्राज्यवादीले अधिकार जमाएको थियो । बेलायती साम्राज्यवादीका लागि इराक एउटा रणनैतिक दृष्टिकोणले महत्वपूर्ण हुनुमा इराकको तेल भण्डार फारसको खाडी र भारतसम्म जान एउटा सुगम र सुरक्षित बाटो हुन्थ्यो । बेलायतले प्रथम विश्वयुद्धपछि अटोमन साम्राज्यवादको पतन भएकाले पनि त्यहाँ आप्mनो उपनिवेश बनाउन प्रथम विश्वयुद्धमा लामो सैनिक अभियान चलायो । इराक औपचारिक रुपमा सन् १९३२ अक्टोबर ३ मा ३, १९३२ मा स्वतन्त्र भयो र लिग अफ नेसन्सको सदस्य भयो । मार्च २०, २००३ मा अमेरिकाले सेप्टेम्बर ११ को टवीन टावरमाथिको आक्रमणको दोष इराकमाथि लगाएर आक्रमण ग¥यो । जब अमेरिकाको मार्च २०, २००३ मा गरेको आक्रमणमा बेलायत, अस्टे«लिया र पोल्याण्डले साथ दिए । संयुक्त सेनाले जमिनी युद्धद्वारा वाथिस्ट सत्तालाई परास्त गरे । सद्दाम हुसेनलाई फाँसी दिएर पनि व्यापक अशान्ति लुटमार र व्यापक भ्रष्टचारले गर्दा त्यहाँ नयाँ सुनौलो विहानीको इराकी जनताको सपना अधुरै छ । जबसम्म विश्वमा नरभक्षी साम्राज्यवादी शक्ति रहन्छ । तवसम्म शान्ति हुन सक्दैन र समृद्धि त टाढाको सपना मात्र हुन्छ ।
अमेरिकाले इरान र इराकलाई लडाउन इरानलाई अत्याधुनिक हातहतियारहरु बेच्यो र इरान इराक युद्ध सेप्टेम्बर १९८० देखि अगस्ट १९८८ सम्म भयो । यो लडाई गराउने मुख्य शक्ति अमेरिकी साम्राज्यवाद हो र मुख्य कारण इरानको तेलमाथि अधिकार जमाउने थियो । दुवै देशलाई लडाए तापनि अमेरिकाले इराकलाई समर्थन ग¥यो किनभने इरानले जितेमा तेल अरब राज्यहरुमा प्रवाहित हुन्थ्यो । इरान, इराक युद्धमा १० लाखदेखि २० लाख मानिस मरे जसमा सेना र जनता दुवै थिए ।
अरब बसन्त विद्रोहको दमनको बहाना बनाएर तेलको लुट गर्न अमेरिकी साम्राज्यवादी र उसका मित्रशक्ति मिलेर २०११ मा लिवियामा आक्रमण गरे । आतंकवादीको समर्थक भएको अभियोग लगाएर आक्रमण गरिएको थियो । लिवियामाथि आक्रमण गर्ने स्वीकृति संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले दिएको थियो । जब कि शान्ति स्थापना गर्ने संयुक्त राष्ट्रसंघ नै युद्ध समर्थक हुनुले संयुक्त राष्ट्र संघ अमेरिकी साम्राज्यवादीको कठपुतली हो भन्ने पुनः प्रमाणित भएको थियो । यसभन्दा पहिले पनि संयुक्त राष्ट्रसंघले युद्धको समर्थन गरेको छ संघ शान्ति सेनाको नाममा । लिवियामा ४८ अरब व्यारेल तेलको भण्डार छ । २०२४–२०२५ मा हाल दैनिक १।४ मिलियन व्यारेल तेल दैनिक उत्पादन भइरहेछ । सार्वभौमसत्ता सम्पन्न लिवियामाथि आक्रमण, त्यहाँका राष्ट्र प्रमुख कर्नेल गद्दाफी र उनका सबै परिवारको कत्लेआम गर्नु साम्राज्यवादीकै अन्तर्राष्ट्रिय नियम, कानुन सबै विपरीत रहेको सर्व विदितै विषय हो । अरु साना ठूला कमजोर मुलुकहरुलाई त्यहाँका जनतालाई मानिसको रुपमा नहेर्ने पश्चिमी तथा अमेरिकी साम्राज्यवादीहरुले अरुलाई प्रजातन्त्र, मानव अधिकार आदिको शिक्षा कति खोक्रो ढोंगी छ भन्ने जान्नु, बुझ्नु आजको आवश्यकता हो । तर पनि साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरुमा शिक्षित, दिक्षितहरु पुँजीवादी साम्राज्यवादीकै झुटमुठ प्रचारप्रसारमा अटल विश्वास राख्दछ । अमेरिकी साम्राज्यवादी र उसका पुच्छर विकसित पुँजीवादी मुलुकहरुले लिवियालाई परास्त गर्न आठ महिना लाग्यो । सन् २०११ मार्च २ देखि अक्टोबर २ तारिखसम्म लाग्यो र १५००० देखि ३०, ००० मारिएको समाचार साम्राज्यवादी संचारमाध्यमले जनाएका थिए ।
अमेरिकी र नाटो शक्तिले तेलमाथि पूर्ण अधिकार गर्न नसकेका मात्र होइन, लिवियामा धेरै सशस्त्र समूहहरु एक आपसमा लडिरहेछन् । गभरमेन्ट अफ नेशनल युनिटी ९जिएनयु० ले लिवियाको पश्चिम क्षेत्र र लिवियन अरब आम्र्ड फोर्सेस ९एलएएएफ० ले पूर्वी र दक्षिणी क्षेत्रहरुमा अधिकार जमाएका छन् र एक आपसमा लडिरहन्छन् । यस्ता सशस्त्र समूहहरुको जुधाईमा लिवियाली जनता दिनहुँ मारिने र अपांग हुने क्रम तीव्र हुँदै गएको छ । जब कि एउटै समूहले तेलमाथि अधिकार जमाउन सकेको छैन तापनि साम्राज्यवादी तथा उसका कठपुतली अन्तर्राष्ट्रिय शक्तिले समर्थन गरेको सरकारी लिवियन नेशनल आर्मी (एलएनए)जसको नेतृत्व खलिफा हाफ्टरको अधिकारमा छ । अन्य समूहले कहिले कुनैले कहिले कुनैले जमाउने गरेका छन् । सन् २०१७ देखि इस्लामिस्ट मिलिसियाले प्रमुख बन्दरगाह तथा तेल प्रशोधन केन्द्रमाथि अधिकार जमाएको छ । लिवियन तेल २०२४ मा इटाली, जर्मनी, स्पेन र फ्रान्स प्रमुख आयातकर्ता थिए, जसमा इटालीले ६।९ अमेरिकी डलर बराबरको तेल आयात गरेको थियो ।
अमेरिकी साम्राज्यवादीले प्रजातन्त्रको नाममा तेलमाथि अधिकार जमाउन मौमर मुहमद अबु मिनियर अल गद्दाफीको सत्ता पल्टाए । जब कि गद्दाफी एक जना लिवियन सैनिक अफिसर हुनुकासाथै क्रान्तिकारी, राजनीतिज्ञ तथा राजनैतिक सिद्धान्तकार थिए । गद्दाफीको सत्ताले प्रतिव्यक्ति आम्दानी ११००० अमेरिकी डलरदेखि ३०, ००० अमेरिकी डलर भन्दा ज्यादा थियो ।
कुनै पनि मुलुकमा भएको तेलको भण्डार प्रति ¥याल चुहाउने अमेरिका त्यसको लुट गर्न विभिन्न बहानावाजी गरेर आक्रमण गरेर राष्ट्र प्रमुखहरुको आक्रमण र हत्या गरेका विवरणमाथि दिइयो । अब पुनः भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो राष्ट्रवादी अडान राख्ने वामपन्थी साम्राज्यवाद विरोधी भएकाले अमेरिकी राष्ट्रपति ट्रम्पले तेलको ठूलो भण्डार भएको भेनेजुएलालाई आफ्नो आक्रमणको गोप्य तारो बनाउँदै छन् । भेनेजुएलासँग साउदी अरेबियासँग भन्दा बढी तेलको भण्डार छ । २०२४मा भेनेजुएलासँग अनुमानित करिब ३०३ अरब व्यारेल तेलको भण्डार छ, जब कि साउदी अरेवियासँग २६७ अरब व्यारेल तेल छ । यसरी भेनेजुएला विश्वको पहिलो ठूलो तेल भण्डार भएको राष्ट्र हो । तर किन साउदी अरेविया जस्तो धनी हुन भेनेजुएलाले सकेन भन्ने प्रश्न उठ्छ । भेनेजुएला साउदी अरेविया जस्तो धनी हुन सकेन भन्ने प्रश्न उठ्छ । भेनेजुएला साउदी अरेविया जस्तो धनी हुन नसकनुमा अमेरिकी साम्राज्यवादीले लगाएको आर्थिक प्रतिबन्ध हो । अर्को धनी नहुनुमा डच डिजिज हो ।
आफ्ना विरोधीलाई अभियोग लगाउ र झुण्ड्याउको सूत्र लागु गर्ने अमेरिकी साम्राज्यवादीको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पनि तानाशाही सत्ता संचालन गरेको र अमेरिकामा ठूलो परिमाणमा लागु पदार्थ निर्यात् गरेको अभियोग लगाइएको छ । अमेरिकी साम्राज्यवादी कति तुच्छ, नरभक्षी हुन भने अगस्ट७, २०२५ मा एटर्नी जनरल पामेला बोन्डीले मदुरोलाई गिरफ्तार गर्ने सूचना दिनेलाई ५० मिलियन अमेरिकी डलर पुरस्कार दिने घोषणा गरे । जबकि अमेरिकी साम्राज्यवादीकै समाचार माध्यमले दिएको जानकारी अनुसार एक करोड जनसंख्या भएको होन्डुरसका राष्ट्रपति हरनान्डेजलाई अमेरिकी राष्ट्रपति ट्रम्पले जेल मुक्त ९२८ नोभेम्बर २०२५० मा गरेका छन् । हर्नान्डेजलाई ४०० टन कोकिन अमेरिकामा निर्यात् गरेको भनेर अमेरिकी अदालतले ४५ वर्षको जेल सजाय दिएको थियो । दुई वर्षे कार्यकालमा हरनान्डेजले अमेरिकासँग सौहाद्र्रपूर्ण सम्बन्ध राखेको भनेर अमेरिकी पूर्व राष्ट्रपति ओबामाले आप्रवासी बच्चाहरुको संकटमा हर्नानान्डेजले गरेको कामलाई “अत्यन्त राम्रो” भनेर प्रशंसा गरेका थिए । जहाँसम्म ट्रम्पको प्रश्न छ उनले २०१७ को विवादित भोटले विजयी भएका हर्नान्डेजको समर्थन गरेका थिए । हर्नान्डेजलाई हातहतियार र लागु पदार्थ अमेरिकामा निर्यात् गरेको अभियोगमा २०२२ मा गिरफ्तार गरेर अमेरिका सुपुर्दगी गरिएको थियो । उपरोक्त विवरणले के प्रष्ट पार्छ भने अमेरिकी साम्राज्यवाद विश्वका शान्तिप्रेमी देशभक्त, स्वाभिमानी आम जनताका एकनम्बरको दुश्मन हो । नेपालमा पनि अमेरिकी साम्राज्यवादी एमसीसीको नाममा दरो खुट्टा टेक्दैछ । अमेरिकाका लागि नेपाल एउटा रणनैतिक दृष्टिकोणले तिब्बतलाई स्वतन्त्र गर्न अत्यावश्यक छ ।
भ्रष्टाचारको अन्त्य र संचारमाध्यममाथि लगाएको प्रतिबन्धको विरुद्ध जेनजीको शान्तिपूर्ण आन्दोलनमा फासिष्ट ओली काङ्गठबन्धनको सरकारले गरेको क्रुर बर्बर दमनले २४ भाद्रमा आम विद्रोहको रुप लियो र ठूलो परिमाणमा देशव्यापी विनास निम्त्यायो । यो जेनजी विद्रोहमा भाग लिएका टिओबी ९टिबेटियन ओरिजन ब्लड० लेखिएको जाकेट लगाएको केटाहरुको सक्रियताले आम नेपालीले अर्को ठूलो नरसंहारको रिहरसहलको रुपमा हेरेका छन् । नेपालमाथि भारत, चीन, अमेरिका तथा यूरोपेलीहरुको स्वार्थ अलग अलग छन् र एनजिओ, आइएनजिओ बाहेक अन्य अदृश्य माध्यमहरुबाट पनि स्वार्थसिद्ध गर्ने प्रयासमा छन् । यसकारण क्रान्तिकारी सर्वहारावादीहरुले साम्राज्यवादी, विस्तारवादी तथा अन्य प्रतिक्रियावादी शक्तिका षडयन्त्रहरुको मिहिनरुपले भण्डाफोर गरेर नेपालको सार्वभौमसत्ताको रक्षा गर्नु आजको अभिभारा हुन आएको छ ।






























