गैरकानुनी र गैरजिम्मेवार सरकार

गैरकानुनी र गैरजिम्मेवार सरकार

टेकहरी न्यौपाने

नेता र पार्टी फेरेर आशा गरेर बस्नु भनेको जुवा खेलेर पैसा जितिन्छ भने जस्तै हो ।भोट गरेर अथावा चुनाव गरेर चुनावको नतिजाको पश्चात् नेता कुर्सीमा र जनता भुईमा बस्ने, सरकारले भनेको मान्ने, उसले बनाएका कानुनलाई नियमलाई नीतिलाई सिरोधार्य गर्ने सरकारले लगाएको कर ट्याक्सलाई खुरुखुरु तिर्ने । सरकारले जे गरे पनि छुट हुने तर जनताले सरकारको उर्दी मान्नै पर्ने मानौं जनता सरकारको रैती हो मानौं सरकारी निकायहरुमा सरकारले लगायतका नियम कानुनको आधारमा रहेर हामीले जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, जग्गा, घर किनबेच गर्दा, गाडी किन्दा, व्यवसाय गर्दा विभिन्न किसिमका कानुनी झन्झटहरु व्यहोर्नु पर्ने त स्वाभाविक नै हुन्छ ।

माथि उल्लेखित विवरणहरुमा हामी तिनी चिजको भागीदार बन्ने बेला त्यो कर तिर्न, सरकारको नियम भन्दै हामीहरु रैतीहरु जस्तै लामबद्ध भएर, पालो कुर्नुपर्ने अनि सरकारी कर्चचारीहरुको उपद्रो व्यवहार सहनु पर्ने त्यसमाथि पनि छुटकारा पाउन कमीसन दिने घुस दिनुपर्ने हुन्छ । सरकारी निकायमा सबै भन्दा बढी जनताले घुस दिनुपर्ने घुस नदिइकन कामै गराउन नसकिने बदनताम एक संस्था छ । जसको नाम मालपोत कार्यालय हो । मालपोत कार्यालयमा प्रवेश गर्ने जो कोही सेवाग्रहीलाई उनको दिमाग वा उनको सोचाईमा यही खेलेको हुन्छ । म मालपोत कार्यालयमा आएको छु यहाँ मैले सरकारको नीति नियम त मान्नु पर्छ नै बाबजुद मैले यहाँको कर्मचभारीलाई घुस पनि दिनुपर्छ भन्ने कुरामा विस्वस्त हुन्छन् यानिकी त्यो मालपोत कार्यालय सरकारी कार्यालय मध्येको एक पहिलो बदनामी घुसकाण्डको चर्चित कार्यालय हो । त्यसपछि क्रमशः सबै सरकारी कार्यालयहरुमा जनतालाई रैतीलाई जस्तै लामबद्ध गराइन्छ ।

कर्मचारीको व्यवहार पनि कठोर र अनैतिक हुन्छ । कर्मचारीहरुले पनि सेवाग्राहीलाई रैती नै सम्झन्छन् । सरकार र कर्मचारीहरु यति बेइमान र ध्र्रुर्त हुन्छन कि यिनीहरु जनताले हामीलाई भोट दिएर सरकार बनाउने मत दिएको हो, यिनै जनताको अभिमतले हामीहरु सरकारमा पुगेका छौं, यिनै जनताले हामीलाई यो ठाउँमा पुराएको हो । यिनै जनताले तिरेको करले हामी र हाम्रा कर्मचारीलाई तलवभत्ता सुखसुविधा यावत भोग गर्ने माध्यम यिनै जनता हुन भन्ने कुरा सबै यिनी नेता मन्त्री अथवा पार्टीहरुले यो कुर्सीमा पुग्ने वित्तिकै बिर्सिसकेका हुन्छन् । त्यो कुर्सीले तिनीहरुको विवेक नै खतम पारिसकेको हुन्छ । उनीहरु विवेक विहिनको व्यवहारमा उत्रेका हुन्छन् । हामीलाई जनताले अभिमत दिएर यो ठाउँमा पुराएका छन् भन्ने कुराको हेक्का नै नराखी जनतालाई रैतीको व्यवहार गर्दै दुःख, कष्ट दिने काम गर्दछन् चुनावी तरिकाले जनताबाट मनोनितहरुको व्यवहार यस्तो किसिमको हुन्छ भने जनताको चाहना विपरीत कुनै षडयन्त्रमूलक तरिकाबाट अथवा उनीहरुकै भाषामा गैर कानुनी तरिकाबाट आयकर जस्तै सरकारको तख्ता पलट सरकारलाई अपदस्त गरेर वा कुनै तरिकाले विकल्पको रुपमा आएका अथवा कुनै देशको उक्साहटमा पर्दापछाडि बसेर जनतालाई गुमराहमा राखेर विदेशीको चाकडी दलाली गर्न आन्दोलनको उत्पात मच्चाएर आएकाहरुले राम्रो काम गर्लान् भननु र जुवातास खेलेर समुन्नत हुन्छ भन्नु एउटै कुरा हो ।

चुनाव पनि एक जनतालाई अलमलाउन बनाएको पुँजीपतिहरुको अथवा संसदवादी दलला व्यवस्थाको कवच हो । यो कवज आफ्नो पोल्टामा पार्न पुँजीपति, सामन्त र दलाल पार्टीहरुले साम, दाम, दण्डमा सबै प्रयोग गर्दछन् । उनीहरुको एक मात्र लक्ष्य चुनाव जित्नु र सत्तामा हालीमुहाली गर्नु अथवा आफू हावी हुनु आफू लगायत आफ्ना आसेपासे आफ्ना नालनाताहरुको लागि अकुत सम्पत्ति कमाउनु लगायत विभिन्न गैरकानुनी काममा सामेल हुनु लगायत थुप्रै उदाहरणहरु छन् । थुप्रै गैरकानुनी र अनगिन्ती उदाहरणहरु यो सानो लेख विश्लेषण गरेरै नसकिने यिनीहरुका क्रियाकलापहरु जसले गर्दा यिनीहरु सधै सत्तामा टिकीरहन चाहन्छन् । उता माथि उल्लेखित सत्ता पलट तख्ता पलट लगायतको विश्लेषण गरिएको छ,जो उनीहरुकै भाषामा गैरकानुनी भन्दछन् । त्यसरी सत्तामा आएका सामुन्ने संसदीय अभ्यास विना नै आएकाले राम्रो गर्लान् भन्नु त झन मरेर गैसकेका फेरि फर्केर आउँछन् भने जस्तै हो । तख्ता पलट वा उक्साहटको खेलबाट सरकारको नेतृत्व लिन पुगेकाहरु एकाध छाडेर बाँकी सबै जसो अति गैर जिम्मेवारी नै हुन्छन् । किनकि उनीहरु कहाँबाट संचालित छन् । कसको के काम गर्न आएका हुन रु यस्ता तत्वहरुले के गर्ने हुन् भन्ने प्रश्न खडा गरेका हुन्छन् । अथवा थुप्रै शंका गर्ने ठाउँ रहेको हुन्छ । त्यस्ता किसिमले सरकारमा आएकाले कुनै पनि बेला दुर्घटना निम्ताउने सम्भावना बढिरहन्छ । यसका पनि थुप्रै उदाहरणहरु छन् जो यो सानो लेखमा विश्लेषण गरेर पुग्दैन । विस्तारै चर्चा गर्दै जाउँला ।

नेपालको हकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट गठित सरकारको पनि ठिक त्यस्तै जनताबाट जननिर्वाचित नभएर उनीहरुकै भाषामा भन्नु पर्दा गैरकानुनी तरिकाबाट बनेको सरकार अझ यो सरकार त झन देशका अड्डा, अदालत पुलिस चौकी, व्यापारिक केन्द्र, सिंहदरबार जस्ता राष्ट्रिय संरचना जलाउनेदेखि लिएर फ्रि तिब्बतका नारा लगाउने, हतियार लुट्ने जस्ताहरुको त्यस आन्दोलनमा सहभागिता देखियो । उदण्डकारीहलाई नत कार्वाही भएको छ । न त कुनै मुद्दाहरु चलाइएको छ । त्यस्ता सबै तप्काहरुको मिलिभगतमा बनेको सरकारले देश र जनताको हितमा काम गर्छ भनेर आशा गर्नु, मुलुकले निकास पाउँछ भनेर आशा गर्नु भनेको सपनामा विमान चढेर विश्व भ्रमण गरे जस्तै हो । त्यसले कुनै अर्थ राख्दैन ।

न त सपनाको भ्रमणले कुनै निकास अथवा काम पूरा भएको हुन्छ न त यो सरकारले केही गर्न सक्छ । लगभग यो सरकार कहाँबाट संचालित रैछ भन्ने कुरा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको दृश्य सम्झिए पुग्छ यो सरकारको काम गर्ने क्रियाकलापको शैलीले पनि प्रष्ट गरिसकेको छ । कार्की आयोग बनाएर त्यो कार्की आयोगमा देखा परेकाले तयार पारेको प्रस्तावहरु सार्वजनिक गर्न आलटाल गरेर चुनावमा प्रस्तुत नगर्ने चुनावपछि आयोगको प्रतिवेदन प्रस्तुत गर्न सकिने भन्ने लगायत विभिन्न किसिमका विवादित अभिव्यक्ति दिंदै हिंड्ने अहिलेको सरकार स्वतःस्र्फुत तरिकाले बनेको गैरकानुनी गैर जिम्मेवारी सरकार हो भन्ने कुराको पुष्टि हुन्छ ।