बेलुकी ८ बजे गिरफ्तार गरी राति २ बजे छाडियो

बेलुकी ८ बजे गिरफ्तार गरी राति २ बजे छाडियो

ढोग प्रशाद अधिकारी,सचिव,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,काभ्रे जिल्ला समिति

१) तपाईलाई निर्वाचन बहिष्कारका क्रममा कहिले कहाँबाट गिरफ्तार गरिएको थियो ?
– म बहिस्कारको अभियानमा काभ्रेमै बसिरहेको थिएँ। आफ्नो सेल्टरमा खाना खाने ठाउँ थिएन। खाना खानको लागि म एउटा होटेलमा गएको थिएँ । बनेपाको जनागल भन्ने ठाउँमा बेलुका ८ बजे। त्यहाँ डिप्टीमा हिँडेको भ्यानले समायो र मेडिकल गर्नलाई १ बजे लिएर गएर मलाई २ बजे छोडिदियो ।

२ ) फागुन २१ गतेको निर्वाचन सम्पन्न पनि भइसक्यो र त्यसको परिणाम पनि आइसकेको छ। यो निर्वाचनलाई संक्षिप्तमा मूल्याङ्कन गर्नुपर्दा के भन्नुहुन्छ ?
– यो कथित निर्वाचन सम्पन्न गराइयो । सबै राजनीतिक दलहरुले सोचेको भन्दा पनि बिराकल र फरक किसिमले यो निर्वाचन भयो । यो अहिलेको भन्दा पनि २०१५ देखि यिनीहरूको तयारी थियो भन्ने बुझिन्छ । जुन भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनमा केही मान्छे राज्यपक्षबाट पनि मारियो , केही मान्छेहरु जेन्जी भित्र घुसपेट गरिएका हरूबाट हत्या गरी आन्दोलनलाई उग्ररूप बनाई नेपालभित्र जुन अमेरिकी साम्राज्यवादहरूको योजना थियो, त्यो योजना उनीहरूले पूरा गरे भन्ने लाग्छ।

३) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका क्रान्तिकारी पार्टीहरूले अबको दिनमा के कस्ता कार्यक्रमहरु बनाएर जानुपर्छ भन्ने तपाईंको सुझाव छ ?
– हामी क्रान्तिकारीहरूले अब आफ्नो पार्टीहरूमा बहस चलाउन आवश्यक छ । अब हामीले क्रान्तिकारी कसलाई भन्ने पहिलो कुरो हामीले समीक्षा गर्नुपर्दछ किनकि म आज अवसरको खोजीमा भौतारेर हिँड्नेहरू क्रान्तिकारीहरु हुन् कि पार्टीभित्र बहसलगर्ने, पार्टीमा शुद्धीकरण गर्न तयार हुने , नीति विचारमा बहस गर्नेहरू क्रान्तिकारीहरू हुन् भन्ने कुरा हामीले समीक्षा गर्नुपर्दछ। आज हामी क्रान्तिकारीहरु बीचमा भइरहेको समस्या भनेको पदीय बार्गेनिङ मात्र भइरहेको छ। यसले आन्दोलनको रक्षा गर्न सक्दैन। आज साँच्चिकै क्रान्तिकारी सोच क्रान्तिकारी पार्टी लाई स्थापित गर्ने हो भने चुस्तदुरुस्त पार्टी निर्माण गर्न जरुरी छ भने अर्कोतर्फ संयुक्त मोर्चा व्यापक रुपले बनाउनु अहिलेको आवश्यकता हो। यो संयुक्त मोर्चा पनि आफूभित्रको एकताबद्ध वैचारिक राजनीतिक शुद्धीकरण सहितको मोर्चा निर्माण गरी जनताको बीचमा जान सक्नु पर्छ । जबसम्म हामीले सही पार्टी निर्माण गर्न सक्दैनौ तबसम्म हामीमाथि चुनौती थपिँदै जानेछ भन्ने लाग्दछ । त्यसकारणले चुस्तदुस्त कमिटी निर्माण गर्ने, पार्टीलाई सानो बनाउने, चलायमान नेतृत्व निर्माण गर्ने, मोर्चालाई व्यापक रुपले परिचालन गर्ने यही नै अहिलेको आवश्यकता हो।