काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले रामेछाप जिल्लामा उम्मेदवारको घरमा कालो झण्डा गाडेको छ । निर्वाचन बहिस्कार आन्दोलन चलाउँदै आएको सो पार्टीले रामेछाप जिल्लाबाट नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार रामचन्द्र खड्काको सुनापाति ४ बेथानस्थित घरमा कालो झण्डा गाडेका हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै उम्मेदवारहरुलाई पत्राचार गर्ने, निर्वाचन कार्यालयमा कालोझण्डा र ब्याँनर राख्ने, ठाउँ ठाउँमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र भ्रष्ट दलाल उम्मेदवारहरुलाई कालोमोसो दल्ने लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।































