काठमाडौँ । आगामी फागुन २१ गते गर्ने भनिएको संसदीय निर्वाचन बहिष्कार ब्यानर र नारावाट शुशिलाकार्की सरकार आतंकित भएका छन् ।
संसदीय निर्वाचन बहिष्कारमा जुटेका राजनीतिक दलका ब्यानरहरु फालिएको र भित्तामा लेखिएका नाराहरू पोतिएको समाचारले शुशिलाकार्की सरकार आतंकित पुष्टि भएको हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नम्बर ब्युरो सचिव समिरले बताए अनुसार ४ नम्बर ब्युरोका दाङ , सल्यान, रुकुम लगायतका जिल्लाहरूमा टाँसिएका निर्वाचन बहिष्कार सम्बन्धी ब्यानरहरूलाई प्रहरीहरूले लगेका हुन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ११ नम्बर ब्युरोका सचिव अनुकूलले बताए अनुसार नवलपुर र चितवनमा निर्वाचन बहिस्कार सम्बन्धी भित्ते लेखनलाई प्रहरी लगाएर मेटाउने गरिएको छ। नवलपुर र चितवनमा सहिद सप्ताहको ब्यानरमा विभिन्न चोकहरुमा कोणसभाहरु सम्पन्न भएका छन्।
चितवनको मङ्गलपुर र नवलपुरको हुप्से मध्यबिन्दु लगायतका ठाउँहरुमा कोणसभा भएका छन् । एक नम्बर ब्युरोका सचिव रामबहादुर महराले बताएअनुसार कञ्चनपुर , डडेलधुरा लगायतका ठाउँहरूमा पर्चा वितरण र जनभेदटघाटका कार्यक्रमहरू सम्पन्न गरिएको छ।
त्यसैगरी दुई नम्बर ब्युरोका कैलाली डोटी लगायत का जिल्लाहरूमा प्रचार वितरण,जनभेटघाट कार्य गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दुुई नम्बर ब्युरो इञ्चार्ज लाल बहादुर जाग्रीले बताउनु भयो । । प्रहरी लगाएर नै ब्यानर फाल्ने, नारा मेटाउने कार्यलाई संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता समेत पालना गर्न सुशीला कार्कीको सरकार असमर्थ रहेको अर्थमा विश्लेषकहरुले लिने गरेका छन्।































