सेना दिवसमा अमेरिकी सेनाको परेडबारे क्रान्तिकारी कम्युनिस्ट पार्टीको वक्तव्य : “परम्परा” र “नियमित प्रक्रिया”का नाममा नवउपनिवेशको माध्यम बन्नु देशद्रोही र कृतघ्न कार्य

सेना दिवसमा अमेरिकी सेनाको परेडबारे क्रान्तिकारी कम्युनिस्ट पार्टीको वक्तव्य : “परम्परा” र “नियमित प्रक्रिया”का नाममा नवउपनिवेशको माध्यम बन्नु देशद्रोही र कृतघ्न कार्य

काठमाडौं । नेपाली सेना दिवसका अवसरमा २०८२ फागुन ३ गते सैनिक मन्चबाट नेपालका राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति र प्रधानमन्त्रीले परेड मैदानमा अमेरिकी सेनाको परेड–नृत्य हेरिरहेको दृश्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गरेको उल्लेख गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जेनजी “विद्रोह” मा नेपाली जनताको विश्वास गुमाएको नेपाली सेनाले पुनः बचेखुचेको साख पनि गुमाएको ठहर गरेको छ ।

पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा भनिएको छ, “हरेक देशको सेना त्यस देशको सार्वभौम सत्ता र स्वाधीनताको रक्षक हुनुपर्नेमा “परम्परा” र “नियमित प्रक्रिया” का नाममा नवउपनिवेशको माध्यम बन्नु देशद्रोही र कृतघ्न कार्य हो । हाम्रो पार्टी सरकार र सेनालाई आधिकारिक धारणा सार्वजनिक गर्न तथा देशको रक्षाका लागि राज्यसंयन्त्र दह्रो बनाउन जोडदार माग गर्दछ । यसको साथै हामी नेपाली देशभक्त, क्रान्तिकारी–लोकतन्त्रवादी, वामपंथी शक्ति र जनसमुदायलाई राष्ट्रिय स्वाधीनताका लागि सचेत रहन र संयुक्त मोर्चा निर्माणका लागि अघि बढ्न समेत आह्वान गर्दछौं ।”