काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य केशर गुरुङलाई मातृशोक परेको छ । उहाँकी ममतामयी आमा प्युठान जिल्ला सरुमारानी गाउँपालिका वडा नंं. २ निवासी शान्ति गुरुङ्को २०८२ फागुन ३ गते ८७ वर्षको उमेरमा दुःखद निधन भएको छ । उहाँ लामो समयदेखि नशासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
पार्टीका महासचिव गौरवले जारी एक वक्तव्य जारी गरेर मृतक शान्ति गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
वक्तव्यमा भनिएको छ, “उहाँ पार्टीका पोलिटब्यूरो सदस्य कमरेड केशर गुरुङकी ममतामयी आमा हुनुहुन्थ्यो । उहाँका ५ छोरा ५ बुहारी, नाति नातिना तथा पनाति पनातिनीहरु हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी शान्ति गुरुङ्प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, कमरेड केशर गुरुङ् लगायत सम्पूर्ण शोकाकूल परिवार, उहाँका साथीभाइ तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”




























