कविताः रटान

कविताः रटान

कृष्णभक्त महर्जन

 

 

 

हुस्सुमा हराएको
घाम जै
कुहिरोमा कराएको
काग झै
राष्ट्रिय
अन्तररास्ट्रिय
जोक्करहरु
सस्था बदलियो
देश बदलौ
अवस्था बदलियो
एक थान बदलौ
भनि
हत्याराका
मतियारहरु
उत्तरनारायण
तुग्याउछु भन्छ
दछ्यिणनारायण
टुग्याउछौ भन्छ
जोक्करमा
महा जोक्करहरु
तिम्रो
हावा हुण्डरीको
ताना बुनाको
बेठिक होइन
ठिक हो
किन भने
आ– आफ्नो
सोचको
विचारको
रटान हो
सत्र भाइको
सत्रै रटान
एक भाइको
एउटै रटान
रटानै रटानमा
देश युक्रेन
बनाउने भयो।