२४ माघ, मुम्बई । मुम्बईस्थि आइकोनिक वाङ्खेडे स्टेडियम । जहाँ आईसीसी पुरुष टी २० विश्वकप २०२६ को औपचारिक सुरुवातको भएको घोषणा आज हुँदैछ ।
यही स्टेडियममा शनिबार साँझ संगित र खेलको मिश्रण देख्न पाइनेछ । वाङ्खेडे रंगशालमा सांगित माहोल हुनेछ आतिशवाजी हुनेछ र त्यससँगै औपचारिक रूपमा सुरु हुनेछ—आईसीसी पुरुष टी–२० विश्वकप २०२६ ।
जहाँ सह आयोजक भारतले समूह ए को खेलमा अमेरिकासँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार साँझ ७स्१५ बजे सुरु हुनेछ । त्यसअघि उद्घाटन समारोहका कार्यक्रम हुनेछ ।
हुन त टी २० विश्वकपको खेलहरू शनिबार चाँडै सुरु भइसकेको छ । अर्को सह आयोजक श्रीलंकामा समूह ‘ए’ कै पाकिस्तान र नेदरल्यान्ड्सबीच पहिलो खेल सुरु भइसकेको छ । यस्तै समूह सी मा रहेको वेष्ट इन्डिज र स्कटल्याण्ड भारतको कोलकातास्थित एडेन गार्डेनमा दिउँसो प्रतिस्पर्धामा उत्रनेछन् ।
क्रिकेटको छोटो फर्म्याट टी(२० विश्वकपको इतिहास दुई दशक पूरा हुँदैछ भने पुरुष टी(२० विश्वकपको यो दशौं संस्करण हुनेछ ।
सन् २००७ मा भारतबाटै सुरु भएको टी–२० विश्वकप क्रिकेटले दुई दशक पूरा गर्दै गर्दाको ऐतिहासिक क्षणको साक्षी पनि वाङ्खेडे रंगशाला बन्नेछ । टी २० क्रिकेटलाई सबैभन्दा रोमाञ्चक, ग्ल्यामरस र अनुमान गर्न नसक्ने खेलको रुपमा हेरिन्छ । क्रिकेटको रोमाञ्चक ढाँचाको रुपमा यसलाई हेरिन्छ ।
भारत र श्रीलंकामा अबको एक महिना टी(२० विश्वकप क्रिकेटको माहोल हुनेछ । दुई दक्षिण एसियाली राष्ट्रमा सञ्चालन हुने यस विश्वकप क्रिकेट एक प्रतियोगिता मात्र क्रिकेटकै महाउत्सव पनि हो । जहाँ विश्वका उत्कृष्ट २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
२० दिन सम्म चल्ने यस प्रतियोगितामा कूल ५० खेल हुनेछ र २० टोलीबाट अन्तिममा एक टोली च्याम्पियन बन्नै टी२० विश्वकपको ट्रफी उठाउनेछ ।
दक्षिण एसियामा विश्वकपको घरफिर्ती र विवादको छायाँ
टी–२० विश्वकप पुनस् एकपटक दक्षिण एसियामा फर्किएको छ । तर दक्षिण एसियाकै केही राष्ट्रबीचको राजनीतिक र कुटनितिक टकरावको कारण टी(२० विश्वकपको माहोल भने छायाँमा परेको छ ।
बंगलादेश टी(२० विश्वकपबाट बहिर्गमन हुनु र पाकिस्तानले श्रीलंकामा हुने भारत विरुद्धको खेल बहिस्कार गर्ने घोषणा गर्नुले टी(२० विश्वकप सुरु हुनुअघि नै केही नमज्जा बनेको छ । खाने बेला सुरुमै किरकिर लागे जस्तो बनेको छ ।
दक्षिण एसियामा क्रिकेटको चर्को समर्थन छ । क्रिकेटका लागि पागल बन्नेहरू यहीँ छन । क्रिकेटको माहोलमा टी(२० विश्वकपको उत्साहले अझ रमाइलो बनाएपनि केही विवादले छायाँमा पारेको हो ।
बंगलादेशको अनुपस्थिति र पाकिस्तानले भारतविरुद्ध श्रीलंकामा हुने खेल बहिस्कार गर्नुपर्ने निर्णयले विश्वकपको सुरुआती दिनमै चर्चा क्रिकेटभन्दा बाहिर पनि पुगेको छ।
तर मैदान बाहिर जे भएपनि जसले जे कुरा गरेपनि अन्तत क्रिकेटको पहिलो बल पिचमा फालेपनि मैदान भित्रको प्रतिस्पर्धा सुरु हुनेछ र त्यसले अन्य विवादलाई छायाँमा पार्ने आशा गरिएको छ ।
































