अखिल (क्रान्तिकारी)को देशैभर संगठन विस्तार, सम्मेलनबाट ललितपुरमा देवेन्द्र धामीको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित

अखिल (क्रान्तिकारी)को देशैभर संगठन विस्तार, सम्मेलनबाट ललितपुरमा देवेन्द्र धामीको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)ले देशैभर संगठन विस्तार गरिरहेको छ । १६ वटै व्यूरोका विभिन्न जिल्लाहरुमा जिल्ला सम्मेलन धमाधम भइरहेका छन् । यसै क्रममा ललितपुरको लगनखेलमा शनिबार सम्पन्न भएको जिल्ला सम्मेलनबाट देवेन्द्र धामीको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ ।

अखिल (क्रान्तिकारी)का संयोजक महेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनको अध्यक्षता देवेन्द्र धामीले गर्नुभएको थियो भने सञ्चालन अभि गुरागाईले गर्नुभएको थियो । सम्मेलनमा प्रमुख अतिथि लगायत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ललितपुर सक्रेटेरी जगदिश महर्जनलगायतले शुभकामना तथा बधाई मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई इश्वरसिंह साउदले स्वागत गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य केगेन्द्र, विद्यार्थी नेता नविन खड्कालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनमा विभिन्न १४ वटा शैक्षिक संस्थाहरु पाटन संयुक्त क्याम्पस, नमूना मच्छिन्द्र, एम्स एकेडेमी, महालक्ष्मी क्याम्पस, सगरमाथा इन्जिनियरिङ कलेज, यूनिर्भसल, ब्राइट स्टार, एडभान्स, श्रमिक शान्ति, गम्भीर समुद्र मावि, पुलचोक इन्जिनियरिङ, ह्वाइट हाउस, केएमसी कलेज, ब्लूबर्ड लगायतबाट प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।