इटहरीमा ६ कम्युनिस्ट पार्टीको निर्वाचन बहिस्कारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इटहरीमा ६ कम्युनिस्ट पार्टीको निर्वाचन बहिस्कारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इटहरी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत ६ वटा कम्युनिस्ट पार्टीको निर्वाचन बहिस्कारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा वक्ताहरुले फागुन २१ को निर्वाचन देशको स्वाधीनता र जनअधिकारको पक्षमा नरहेको भन्दै सशक्त रुपमा बहिस्कार गर्न आम जनतामा आव्हान गरेका छन् ।


प्राप्त जानकारी अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य बालकृष्ण सुवेदीको अध्यक्षता र कृष्ण चौलागाईको सञ्चालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रमुख वक्ताको रुपमा विषय प्रस्तुत गर्नुभएको थियो ।

सुरज राईले स्वागत गर्नुभएको उक्त अन्तरक्रिया कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य सुरेन्द्र भण्डारी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केस गोकुल चाम्लिङ राई र अप्सरा बानियाँले संसदीय निर्वाचन बहिस्कार गर्न र स्वाधीन संयुक्त सरकार निर्माणका साथै जनसंविधानको आवश्यकतामाथि विस्तृत रुपमा प्रकाश पार्नुभएको थियो ।