शिक्षामन्त्रीको विज्ञप्तीमाथि प्राध्यापक सङ्गठनको आपत्ती

शिक्षामन्त्रीको विज्ञप्तीमाथि प्राध्यापक सङ्गठनको आपत्ती

२४ कात्तिक ।
कार्की सरकारका शिक्षामन्त्री रहेका महावीर पुनले हिजो व्यक्त गरेको विचार नागरिकको वैयक्तिक स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षप भएको प्राध्यापकहरूको धारणा छ । पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले राजनीतिक आस्थाबमोजिमका सङ्घ सङ्गठन खोल्न नपाइने उर्दी जारी गरेका थिए ।

आफ्नो पेसालाई मर्यादित बनाउँदै कर्तव्य र दायित्व पूरा गर्नु शिक्षक प्राध्यापकहरूको जिम्मेवारी हो भन्ने कुरा प्रवुद्धवर्गले नबुझ्ने कुरा भएन तर आफ्ना पेसागत हकहितको संरक्षणका लागि सङ्गठन नै खोल्न पाउँदैनस् भन्नु सरकारको निरङ्कुस र फासिवादी चरित्र हुन जान्छ । यसै सन्दर्भमा नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्राडा जगदीश चन्द्र भण्डारीले आज एक प्रेस वक्तव्य जारी गर्दै महावीर पुनको निरङ्कुश कदमको विरोध गरेका छन् ।