काठमाडौं । नेपाल सरकारले अर्काको फोन ट्याप गर्ने, एसएमएस हेर्ने, युट्युबका श्रव्य दृश्य सामग्री लगायत सम्पूर्ण सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने विधेयक संसदमा प्रस्तुत गर्दैछ भन्ने आज प्रकाशित समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यसलाई ओली देउवा गठबन्धन सरकारको फासीवादी कदमको रुपमा विरोध गरेको छ ।
पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, “नागरिकको गोपनीयता तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने ओली देउवा गठबन्धन सरकारको फासीवादी कदम हो । हाम्रो पार्टी सरकारको यस कदमको घोर विरोध गर्दछ र यस प्रकारको फासीवादी कदमका विरुद्ध आवाज बुलन्द गर्न सम्पूर्ण सञ्चार जगत तथा जनवादी शक्तिहरुप्रति हार्दिक आह्वान गर्दछ ।”































