तुलसीपुर उपमहानगरपालिकाका मेयरलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे १३ बुँदे ज्ञापन पत्र

तुलसीपुर उपमहानगरपालिकाका मेयरलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे १३ बुँदे ज्ञापन पत्र

दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङले तुलसीपुर उपमहानगरपालिकाका मेयरलाई ज्ञापन पत्र बुझाएकाे छ । बढ्दाे भ्रष्टाचार, अनियमितता लगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई समेटेर ज्ञापन पत्र बुझाएकाे हाे ।
ज्ञापन पत्रमा भनिएकाे छ, ‘वर्तमान अवस्थामा किसान, मजदुर, शिक्षक, विद्यार्थी लगाएत सम्पूर्ण श्रमजीवीहरुका राष्ट्रियता जनतन्त्र र जनजीवीका संग सम्बन्धीत निम्न मागहरु यस तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र पेश गरेका छौं । हाम्रा जायज मागहरुलाई यथाशिघ्र सुनुवाई गरी कार्यान्वन गरीदिनुहुन अनुरोध गर्दछौं। साथै हाम्रा मागहरुको वेवास्ता गरिएमा स्थानीय स्तरमा कडा आन्दोलनको आधीबेहरी सृजना गर्न बाध्य हुने जानकारी गर्दछौं ।”
ज्ञापन पत्रमा १३ बुँदेसहितकाे विवरण यस प्रकार रहेकाे छ ।
“आज हाम्रो देशको राजनीतिक, आर्थिक तथा सांस्कृतिक अवस्था सङ्कटग्रस्त बन्दै गएको छ । राष्ट्रियता, जनतन्त्र तथा जनजीविका सम्बन्धी समस्याहरू झन् पछि झन् जटिल र विकराल बन्दै गएका छन् । देश तथा जनता दलाल, नोकरशाही पूँजीपति तथा सामान्तवर्ग र साम्राज्यवाद÷विस्तारवादद्वारा आर्थिक, राजनीति तथा सांस्कृतिक रूपमा गम्भीर शोषण तथा उत्पीडनको शिकार बन्दै आएका छन् । यस प्रकारको सङ्कटको मुख्य कारकतत्व भनेको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, दलाल संसदीय व्यवस्था र संसदवादी राजनीतिक दलहरू नै हुन् । यिनीहरू आलोपालो कहिले एमाले–काङ्ग्रेस त कहिले काङ्ग्रेस–माओवादी गठनबन्धनका नाममा आलोपालो मिलिजुली देशलाई लुटिरहेका छन् र नयाँ विकल्प दिन्छौँ भनेर जन्मीएका नयाँ दलहरू पनि चर्को कुरा गर्दै सत्ता स्वार्थकै लागी पुरानै व्यवस्था र ठूला भनिएका पार्टीहरूको फट्के किनाराका साछी बनिरहेका छन् ।
२०७० सालको दोश्रो संविधानसभाको निर्वाचन बहिष्कार गरि दोश्रो संविधानसभाबाट २०७२ मा जारी संविधानलाई प्रतिगामी कालो संविधान ठहर गर्दै वर्तमान संविधान र संसदीय व्यवस्थाले राष्ट्र र जनताका समस्याहरू सामधान गर्न नसक्ने निस्कर्ष निकालेको हाम्रो पार्टी विगत लामो समयदेखि आफुलाई क्रान्तिकारी शक्तिका रूपमा उभ्याउँदै आएको छ । आज देशमा जारी त्रिकोणात्मक शक्ति सङ्घर्षमा हाम्रो पार्टीले यथास्थितिवादी शक्तिहरू काङ्ग्रेस, एमाले, माओवादीकेन्द्र लगायतका संसदवादी दलहरू र पश्चगामी राजावादी शक्तिहरू तथा सबैखाले देशी–विदेशी षड्यन्त्रका विरुद्ध क्रान्तिकारी नयाँ विकल्प प्रस्तुत गर्दै आएको छ । मक्किँदै गएको प्रतिक्रियावादी राज्यसत्ता, दलाल संसदीय व्यवस्था र भ्रष्ट संसदवादी पार्टीहरूको दब्दबाबाट देशलाई मुक्त गर्न नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गरि वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्ने राजनीतिक कार्यदिशा अबलम्बन गरेको छ । हामी चाहन्छौ कि वर्तमान राज्यसत्ता र यसको संरक्षणमा भएका सबै खालका बेथितीहरूको अन्त्य होस् र जनताले न्याय अनि समानताको प्रत्याभूती गर्न पाउन् । राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी जति पनि समस्याहरू छन् तिनको समाधान शान्तिपूर्ण ढङ्गले खोजियोस् । तर राज्य आज त्यो दिशामा छैन र हामीले पटक पटक राख्दै आएका जनताका जायज मागहरूलाई कुल्चिदै आएको छ । अब उप्रान्त त्यसो हुने छैन भन्ने आशा राखेका छौं ।
वर्तमान अवस्थामा किसान, मजदुर, शिक्षक, विद्यार्थी लगाएत सम्पूर्ण श्रमजीवीहरुका राष्ट्रियता जनतन्त्र र जनजीवीका संग सम्बन्धीत निम्न मागहरु यस तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र पेश गरेका छौं । हाम्रा जायज मागहरुलाई यथाशिघ्र सुनुवाई गरी कार्यान्वन गरीदिनुहुन अनुरोध गर्दछौं। साथै हाम्रा मागहरुको वेवास्ता ग िरएमा स्थानीय स्त रमा कडा आन्दोलनको आधीबेहरी सृजना गर्न बाध्य हुने जानकारी गर्दछौं ।
हाम्रा मागहरू यसप्रकार छन् :
१– वर्षे धान खेतीको लागी किसानहरूलाई तत्काल रासायनिक मलको सहज आपूर्तिको लागि व्यवस्था गरियोस् ।
२– रासायनिक मल आपूर्ति र ढुवानीमा सम्बन्धित अधिकारी र सहकारीका नाममा बिचौलीयाहरूको ठूलो चलखेल हुने गरेको छ । कृत्रिम अभाव सिर्जना गरि किसानलाई अत्याउने र बोरा चेन्ज गरि अनुदानको मल बजारमा महङ्गो बिक्री गर्ने कार्य हुँदै आएको छ, जसलाई तत्काल नियन्त्रण गरियोस् ।
३– भारतबाट आयात हुने विषादियुक्त फलफुल र तरकारी पूर्णरूपमा बन्द गरिनु पर्दछ । विषादियुक्त फलफुल तरकारी जाँचको व्यवस्था अविलम्ब मिलाइनु पर्दछ ।
४– अवैधरूपमा प्रक्रिया नपुगी खोलीएका र सञ्चालित क्रसर उधोगहरू पूर्ण रूपमा बन्द गरिनु पर्दछ ।
५– पालिकाभित्र रहेका नदी÷खोलाहरूमा रहेको नदीजन्य पदार्थ गिट्टी बालुवा निकासी, उत्खनन्मा प्रहरी–प्रशासन र पालिकाहरूको सेटिङमा चलिरहेको व्याप्त जनगुनासो छ र उक्त जनगुनासो केही हदसम्म सत्य पनि देखिन्छ । उक्त कुराको पूर्णरूपमा अन्त्य गरियोस् ।
६– सहकारी, लघुबित्त, गुठीपीडित र वैदेशिक रोजगार पीडितहरूको अवस्था भयावह भएको हुँदा पीडकहरूलाई यथासिघ्र कानुनको दायरामा ल्याएर पीडितलाई न्याय दिलाइयोस् ।
७– तुलसीपुरका ठुला उद्योगहरूले पर्यावरण बचाउनका लागी समुदाय र राज्यसँग गरेका सम्झौता लागु गरिनुका साथै विद्युत महसुल यथासिघ्र असुल गरियोस् ।
८– विकास निर्माणमा भैरहेको गुणस्तरहीन काम, जनप्रतिनिधिहरू, सम्बन्धित निकाय र प्राविधिकहरूको मिलेमतोमा हुने गरेको भ्रष्टाचार अन्त्य गरियोस् । असारे बिकाश पुर्णरुपमा बन्द गरियोस् ।
९- निजी स्कुलहरूमा राज्यले तोके भन्दा धेरै ५० हजारदेखि १ लाखसम्म भर्ना शुल्क र चर्को मासिक फि असुली गरिरहेको पाइएकोले उक्त कुराको तुरुन्त नियन्त्रण गरिनुका साथै कानुनी दायरामा ल्याइयोस् ।
१०– हरेक कृषिजन्य उत्पादनमा बिचौलियाहरूको लुटको कारण प्रत्येक वर्ष किसानहरू घाटामा जाने गरेका छन् । त्यसकारण कृषि उत्पादनको उचित मूल्य र बजारीकरणको व्यवस्था स्थानीय सरकार मार्फत गर्ने व्यवस्था मिलाइयोस् !
कृषकले उत्पादन गरेको तरकारी फलफूल बिहान ७ बजेसम्म बजार क्षेत्रमा स्वतन्त्र रुपमा ब्यापारगर्न दिइयोस् ।
११– मुक्त कमैया, भूमिहीन सुकुम्बासीहरू बसोबास गरेको क्षेत्रको नाप नक्सा गरि पूर्जा वितरण गर्नुका साथै खाने पानी, विद्युत, सडक, स्कुल र पूर्वाधारहरूको निर्माणमा विशेष ध्यान दिइयोस् ।

१३– तुलसीपुर–घोराही फोरलेन सडकखण्ड निर्माण र तुलसीपुर टरिगाउँ एयरपोर्टलाई बजेट व्यवस्थापन गरि तत्काल निर्माण कार्य सुरु गरियोस् ।
( क) सडक सञ्जाल
— बालापुर २ नम्बर वडा कार्यालय भमके देबिथान दमारगाउ ठाटिगाउ गैरासिउरे हुदै मख्खनटाकुरा ( सल्यान जिल्ला ) जोडने सडक तत्काल निर्माण गरियोस् ।
— देबिस्थान बाट स्विइकोट सडक निर्माणकार्य तत्काल गरियोस् ।
— अस्वारा भट्टे हुदै ठाटिगाउ जोडने सडक तत्काल
— दुधेना कटकुइया हुदै भट्टे ,कटकुइया हुदै गहते डाडाखुटि गहते दमारगाउ जोडने सडक — दोघरे बल्ले मख्खनटा”