जिल्लामा बढ्दाे भ्रष्टाचारकाे विषयमा ध्यानाकर्षण गराउँदै नुवाकाेटका सिडिओलाई ज्ञापन पत्र

जिल्लामा बढ्दाे भ्रष्टाचारकाे विषयमा ध्यानाकर्षण गराउँदै नुवाकाेटका सिडिओलाई ज्ञापन पत्र

नुवाकाेट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटका सचिब प्रसिद्ध नेतृत्वको एक प्रतिनिधिमण्डलले जिल्लाका जल्दाबल्दा समस्याहरुको बारेमा र जिल्लामा बढ्दै गईरहेको संस्थागत भ्रष्टाचारकाे विषयलाई लिएर ज्ञापन पत्र बुझाएकाे छ ।
जिल्ला पार्टी सचिव प्रशिद्धले प्रसासनिक क्षेत्रमा भैरहेको घुसखोरी,बिकास निर्माणमा भैरहेको अनियमितता र बजारमा भैरहेको कालाबजारिकरण,प्राकृतिक सम्पदाको दोहन र भैरहेको तस्करी रोक्ने विषयमा ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
साे अवसरमा उक्त जिल्ला पार्टीका कार्यलय सदस्य दर्शन, जिल्ला सदस्य सामना,र अन्य सदस्यहरु जगत र सबिना लगायतको उपस्थिति रहेकाे थियाे ।