गाजामा इजरायलको नरसंहारका विरुद्ध १२ कम्युनिस्ट पार्टीको संयुक्त विरोध प्रदर्शन (फोटो फिचर)

गाजामा इजरायलको नरसंहारका विरुद्ध १२ कम्युनिस्ट पार्टीको संयुक्त विरोध प्रदर्शन (फोटो फिचर)

काठमाडौं । गाजामा इजरायलले मच्चाएको नरसंहार र इरानको सम्प्रभूतामाथि गरेको आक्रमणका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत १२ वटा कम्युनिस्ट घटकहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । रत्नपार्क शान्तिबाटिकाबाट नारा जुलुससहित निकालिएको विरोध प्रदर्शन जमल, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनी मार्गमा पुगेर विरोध सभामा परिणत भएको थियो ।


कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरु रामसिंह श्रीस, इन्द्रमोहन सिग्देल, दिनेश शर्मा सागर लगायतका नेताहरुको उपस्थिति रहेको थियो भने माओवादी केन्द्रका नेताहरु देव गुरुङ, लिलामणि पोखरेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका नेता चिरण पुन, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता आहुति, गोपाल किराती लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
उनीहरूले ‘साम्राज्यवादी युद्ध बन्द गर, विश्व शान्ति कायम गर’ लगायतका नारा लगाएका थिए ।