मजदुरहरुमाथि भइरहेका शोषण, उत्पीडनका विरुद्ध क्रान्तिकारी ट्रेड यूनियन महासंघले संघर्ष गर्ने

मजदुरहरुमाथि भइरहेका शोषण, उत्पीडनका विरुद्ध क्रान्तिकारी ट्रेड यूनियन महासंघले संघर्ष गर्ने

काठमाडौं । क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालले मजदुरहरुमाथि भइरहेका शोषण, उत्पीडनका विरुद्ध क्रान्तिकारी ट्रेड यूनियन महासंघले संघर्ष गर्ने भएको छ । मजदुरहरुको वर्गीय हितका निम्ति संघर्षरत क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालको केन्द्रीय समितिको कार्यालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो । ललितपुरको कुपोन्डोलमा हालै सम्पन्न बैठकद्वारा लिइएका निर्णयहरु सार्वजनिक गर्न महासंघका संयोजक ईश्वर तिमिल्सिनाले जारी गरेको वक्तव्यमा सो कुरा उल्लेख गरिएको छ ।

५ बुँदामा जारी वक्तव्यमा भनिएको छ, “बैठकले मजदुर आन्दोलनको गतिलाई क्रान्तिकारी दिशातिर डोर्‍याउन पैदा भइरहेका चुनौतीहरुमाथि ध्यान दिदै बर्तमान परिस्थितिलाई बदल्न संगठनका तर्फबाट पहल अगाडि बढाउने कार्ययोजना तय गर्दै विभिन्न निर्णयहरु गरेको छ।उपरोक्त सम्बन्धमा गरिएका निर्णयहरु सार्वजनिक गर्न यो वक्तव्य सार्वजनिक गरिएको छ।

१– बैठकको सुरुमा मजदुर आन्दोलन,क्रान्तिकारी संघर्षहरु,जनयुद्ध लगायत नेपाली जनवादी(समाजवादी आन्दोलनका प्रकृयामा आफ्नो जीवन आहुती दिनुहुने महान सहिदहरु प्रति एक मिनेट मौन धारण गर्दै बेपत्ता योद्दाहरुको स्मरण र घाइते योद्धाहरु प्रति सम्मान र स्मरण गरियो।
२– मजदुरहरुका पेशागत, अर्थ(राजनीतिक एवं सामाजिक जीवनमा विकसित भइरहेका संकट र समाधानका बारेमा गम्भीरता पुर्वक बिमर्श भए नेपालका क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूका बिच ध्रुबिकरण र एकता प्रक्रिया अगाडि बढेको र त्यसले जनवादी( समाजवादी क्रान्तिको आत्मगत स्थितिलाई सवलिकरण गर्ने काम हुँदै गरेकोले क्रान्तिकारी शक्तीहरुमा आशावाद पैदा भैरहेको प्रति सुखद अनुभुती व्यक्त भए। कतिपय विजातिय र मजदुर वर्गिय मुद्दालाई केन्द्रमा राखेर अगाडि बढ्न नचाहने कयौं प्रवृत्तिहरु विचलित हुँदै यस प्रक्रियाबाट बाहिरिने र भाग्ने प्रवृत्ति समेत देखा परेछ। मजदुर आन्दोलनमा अराजकता एवं व्यक्तिवाद जस्ता क्रान्तिकारी आन्दोलनका उपउत्पादनले एकताको महत्त्वलाई कमजोर बनाउन खोजे पनि त्यो सम्भव छैन, बरु संगठनको आन्तरिक शुद्धीकरणलाई नै मद्दत पुगेको छ। अतः क्रान्तिकारी मजदुर आन्दोलनको रणनीतिक उद्देश्य पूरा गर्ने प्रयासलाई अझ तीव्र पारिनु पर्दछ।
३– मजदुरहरु र यसको नेतृत्वदायी संगठनका बिचको सम्बन्ध वैचारिक,राजनीति,नीतिगतका साथै सांगठनिक र व्यबहारिक दृष्टिले समेत बलियो बनाउन महासंघलाई कार्ययोजना आवस्यक रहेको छ र ूमजदुर जागरणू अभियान मार्फत सो लक्ष्य हासिल गर्न सकिन्छ। त्यसका लागि राष्ट्रिय सम्मेलन आयोजना गरि अगाडि बढ्न आगामी फल्गुण महिना सम्मका लागि विशेष योजनाका साथ कार्यक्रम अगाडि बढाउने।
४– मजदुरहरुमाथि भइरहेका शोषण, उत्पीडन र गैरकानुनी व्यबहार बारे अध्ययन गरि त्यसको सुचना केन्द्रित गर्दै मागपत्र प्रस्तुत गर्ने, प्रस्तुत मागबारे श्रम क्षेत्रमा सभा, क्षेत्र एवं केन्द्रीय तहमा अन्तर्कृया गर्दै आन्दोलनको तयारीमा जाने।
५– मजदुरहरुको वर्तमान तलवमान र ज्याला सम्बन्धमा सरकारले तय गरेको दरको पुनरावलोकन आबस्यक रहेको स्थिति माथि ध्यान दिई आगामी समयमा सत प्रतिशत वृद्धि आबस्यक रहेकोले त्यस सम्बन्धमा सरोकारवाला समेतलाई दवाब सिर्जना गर्नु आबस्यक रहेकोले मजदुरहरुका नेतृत्वदायी क्रान्तिकारी शक्तिका बिचमा बिमर्श अगाडि बढाउन पहल गर्ने।”