प्रतिगमन,पस्चगमन

प्रतिगमन,पस्चगमन

प्रभात भट्टराई

निरंकुशताको “सुधार“को बारेमा हामीसँग कसैले कुरा नगरोस्, जसको उद्देश्य घृणित निरंकुशतालाई बलियो बनाउनु होः “सुधारहरू“ गोली र जेल,नेल पर्दा हुन्, जसको लागि क्रूर निरंकुश सामन्त सरकारले आफ्ना सवै शक्ति प्रयोगगरी संकटकाल,मृत्युुदण्ड,क्रूर यातन,हत्या,हिंसा,बलात्कार,हामी भुइँ मान्छे(रैति)संग व्यवहार गरिसकेको छ । आध्यात्मवादीहरुले आफ्नो सत्ता टिकाउन आफू सधै भगवान ,इस्वर, श्रमजीवी जनता ,मजदुर ,किसानलाई सधै राक्षसको संज्ञा दिने र आध्यात्मावादलाइ बचाइ राख्ने र लुटको आतंक मच्चाउने गरेका छन ।
२४० बर्ष रैती (नोकर,कारिन्दा,दास ) बनाउन सफल तानाशाही निरंकुश राजतन्त्र – रैतीहरु (नोकर,कारिन्दा,दास ) जनता भए शिक्षित भए आफ्नो मालिक आफै भए र सुखको अनुभुती गरे भन्ने पिँडामा जनहत्यारो ज्ञाने (पञ्चे मण्डलले सामन्त) ब्यूताउन(बौलाउन) थालेको छ । जनहत्यारो ज्ञानेले सत्ता र बन्दुकको आडमा ,बिदेशी शक्तिको आडमा रैतिहरु (नोकर ,कारिन्दा,दास ) र नेपाल आमाको छातीमा बुट बजार्ने र संकटकाल,प्रतिबन्ध ,फौजी कूँ मार्फत १७ हजार रैती मार्न सफल भयो । बिदेशीलाई नेपाली आमाको छातीमा परेट खेलाउन सफल भयो । काङ्ग्रेस ,एमाले निरंकुश तानाशाहका (पञ्चे मण्डलले सामन्त) दासहरु जनहत्यारा ज्ञानेको आदेस पालना गरि रैतिको (नोकर,कारिन्दा,दास ) संज्ञा दिदै( नेपाली दिदि बहिनीहरुलाइ यौनदास बनाइ सुरा र सुन्दरीको उपनाममा कृर यौनलिला यौन पिचास(राजा,रजौटा,सामन्त,जमिन्दार,पञ्चे,
मण्डलले) सोमरसमा नतमस्तक भइ रैतीको नाममा हत्या,हिंसा ,बलात्कार गर्यो । रैती ( नोकर,कारिन्दा,दास) हरुको नारा जनवाद र क्रान्तिको भूतबाट डराएर, निरंकुश शाही सरकारले आफ्नो सेना जम्मा गर्न र “आन्तरिक शत्रु“सँग “पूर्ण रूपमा“ हिसाब मिलाउन “बाह्य शत्रु“, दक्षिणपन्थी अवसरवाद र साम्राज्यवादसंग हात मिलायो । र यसरी प्रतिक्रियावाद सुरु भयो । जनहत्यारो ज्ञानेले पहिले नै आफ्नो “योजनाहरू“ क्रूरतामा प्रकट गरिसकेको थियो । अन्ततः जनहत्यारो ज्ञानेले दलहरुप्रती प्रतिबन्ध लगाई क्रूर निरंकुशता फौजी कूँ गरिसकेपछि काङ्ग्रेस र एमाले ज्ञानेका दासहरु बच्नको निम्ति रैति (नोकर,कारिन्दा,दास ) हरुकोमा शरण लिन पुगे । प्रत्येक्ष शासन ,फौजी कूँ,शाहि कूँ,प्रतिनिधि सभा बिघठन,संकटकाल,मौजुदा मन्त्री परिषद गठन ,(संसद,प्रजातन्त्र ,मौलिक अधिकार ,स्वतन्त्र पत्रकारिता सबैमा अन्धकार छायो, नेताहरूलाई नजरबन्द ,पक्राउ ,(सञ्चार माध्यम रेडियो ,टिभी,पत्रपत्रीका सबै बन्द ),बिमानस्थल सिल गरियो । हिड्न बोल्न ,लेख्न सबै बन्द गरियो । मिडिया हाउस ब्यारेकमा परिणत भए । जनताको घरका झ्यालबाट हेर्नेलाई पनि गोलि हानियो । आन्दोलनको शंकामा घर घर सेना पठाई लखेटियो,मारियो ,बलात्कार गरियो । जनतालाइ रैतीको(नोकर,कारिन्दा,दास)उपमा मुलाकाटे झैँ काटियो,अन्धाधुन्ध गोलि चलायो,कोहिलाइ जीउँदै गाडियो,जिउँदै जलाइयो,नाङ्गो हिटरमा पिसाब गर्न लगाइयो,(एक जना महिलालाइ सयौंले बलात्कार मात्रै होइन गोप्यअङ्गमा गोलि हानि क्रूर मृत्यु दियो, खुकुरी प्रहार गरियो) । १७ हजार नेपालीको साहादत र हजारौं व्यक्ति अर्थात रैतिहरु ( नोकर,कारिन्दा,दास) लाई क्रूर मृत्यु दिइयो सयौं घाइते अपांग भए । क्रूर ,निरंकुश तानाशाहले सत्तााको उनमादमा सत्ताको अंग प्रत्यांग प्रयोगगरि सक्दो हत्या,हिंसा ,बलात्कार जस्ता कुनै पनि कसरत बाँकी राखेन । निर्मम हत्या हिंसा बलात्कारको क्रूर ताण्डव नित्य नाच्यो । रैतिहरु ( नोकर,कारिन्दा,दास ) ,माओवादी बने,जनसेना बने, (जन अदालत ,जनसत्ता ,जनसरकार ,जन कम्युन ) निर्माण गर्दै । क्रुर,निरंकुश ,तानाशाहको ,अन्त्य भयो । अन्ततः रैती ( नोकर,कारिन्दा,दास) जनता बन्न सफल भए र क्रूर निरंकुशता,तानाशाहको नाम निशान नरहने गरि जनयुद्ध र जन आन्दोलन मार्फत सदाका लागि क्रूर तानाशाहको निरंकुशताको अन्त्य भयो । रैतिहरुले रैतिहरुको बलमा निरंकुशता र बन्दुक ,बिदेशी साम्राज्यवादी टट्टूहरु कागजी बाघमा सिमित रह्यो । जनताले जनहत्यारा निरंकुश तानाशाही भाइमारा ( बिरेन्द्रको राज परिवार मारा ) ज्ञानेलाइ (पञ्चे,मण्डलले ,सामन्त ) आममाफि दिए । घाटमा सेलाइएको अस्तु राजसस्थाको नाम जब्दै त्यो क्रूर ,निरंकुश ,तानाशाहलाई रैती ( नोकर,कारिन्दा,दास ) बनाउने सपनामा ब्यूताउन खोजेको छ । रैती ( नोकर,कारिन्दा,दास) बन्देउ भनी गोहिको आसु झारी रहेको छ । आग्रह ,पुर्वाग्रह ,कुन्ठा,प्रतिशोधको आगो ओकल्ने दाउमा छ ।