मजदुर दिवस तथा जनसम्बन्ध विस्तार अभियान समापन गर्दै ब्यूरो कार्यालय उद्घाटन

मजदुर दिवस तथा जनसम्बन्ध विस्तार अभियान समापन गर्दै ब्यूरो कार्यालय उद्घाटन

वैशाख १८ पथरी मोरङ क्रान्तिकारी कम्युनिष्ट पार्टी १६ नम्बर ब्यूरोले भव्य रुपमा १३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउदै जनसम्बन्ध विस्तार अभियानको समापन गरेको छ । यसै मजदुर दिवसको अवसर पारेर मोरङको पथरी शनिश्चरे नगरपालिकामा पथरी बजारमा १६ नम्बर ब्यूरो कार्यालय पनि उद्घाटन गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीले र्याली सहित आम श्रमजीवी मजदुरहरुको पक्षमा नाराजुलुश लगाउदै पथरी बजार परिक्रमा गरेर पथरी बहुमूखी क्याम्पसको हलमा मजदुर दिवस तथा क्रान्तिकारी कम्युनिष्ट पार्टीको डेढ महिने लामो जनसम्बन्ध विस्तार अभियान समापन समारोह पनि सम्पन्न गरेको छ ।

समारोहका प्रमुख अतिथी पार्टीका पोलिटब्यूरो सदस्य तथा १६ब्यूरो इन्चार्ज सुरेन्द्र भण्डारीले मजदुरहरुले आफ्‌नो अधिकारका लागि आवाज उठाउने विषेश दिनको रुपमा मजदुरहरुले सम्झनु पर्ने बताउनु भयो । उहाँले मजदुरहरुले आफ्‌नो हक अधिकारका लागि आफै अग्रसर बन्नु पर्ने धारणा राख्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी टे्रड यूनियन महासंघमा आवद्ध हुन सम्पुर्ण मजदुरहरुलाई आह्वान गर्नु भयो ।

भण्डारीले पार्टीले चैत्र ४ गते देखि वैशाख १८ सम्म चलाएको जनसम्बन्ध विस्तार अभियान जनताको घरदैलो सम्म पुगेर पार्टीका नीति विचार र सिद्धान्त गाउँ गाउँ सम्म पुर्याउन सफल भएको भन्दै अरु पनि यस्ता जनतालाई प्रत्यक्ष छुने अभियान लिएर क्रान्तिकारीहरु आइरहने प्रतिवद्धता जनाउनु भयो । पार्टीका केन्द्रिय सदस्य तथा १६ नम्बर ब्यूरोका सेक्रेटरी विमल निरौलाको अध्यक्षमा सम्पन्न भएको क्रार्यक्रमको संचालन पार्टीका केन्द्रिय सदस्य तथा मोरङ जिल्ला सेक्रेटरी सुमन पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पार्टीका मोरङ जिल्ला सदस्य तथा पथरी नगरपालिकाका इन्चार्ज रत्न पराजुलीले राख्नु भएको थियो । क्रार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा झापा जिल्ला सेक्रेटरी जय आचार्य , पार्टीका केन्द्रिंय सदस्यहरु राधा ढकाल , अप्सरा बानियाँ , पुष्प सुवेदी, क्रान्तिकारी टे्रड यूनियन महासंघका सचिवालय सदस्य बद्री पाश्वान , कोचिला मुक्ति मोर्चाका केन्द्रिय सदस्य चेतराज राजवंशी , जनसंस्कृतिक महासंघका केन्द्रिय सदस्य नरसिंह धिमाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।