बैशाख १४ गते जनसम्बन्ध बिस्तार अभियान ४ नं. टोलि चितवनमा निम्न कोणसभाहरु, पर्चा बितरण, वालपेन्टींग सम्पन्न गरी आजै चितवन जिल्ला सचीव बिकास सापकोटाको घरबाट बिदाइ भै धादिङ प्रस्थान गरेको छ ।
पहिलो कोणसभा माडी नगरपालिकाको बसन्तपुर बजारमा कार्यक्रम सम्पन्न । संचालक कैलाली इन्चार्ज तथा केन्द्रीय सदस्य दिनेश थापा र सम्बोधन पार्टी स्थायी समिति सदस्य तथा ४ नं.अभियान कमान्डर हेमन्त प्रकाश ओलि सुदर्शन ।
दोस्रो भरतपुर महानगरपालिकाको जगतपुर बजारमा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ, जसलाई पोलिट्ब्युरो सदस्य अशोक लम्सालले सम्बोधन र संचालन केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापाले गर्नु भएको थियो ।
तेस्रो कार्यक्रममा माडी नगरपालिकाको बसन्तपुर बजारमा रहेको जनयुद्धका सहिदहरुको सालिकमा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलि सुदर्शनबाट माल्यार्पण गर्न काम भयो ।
कोणसभा गरिएका क्षेत्रहरुमा व्यापक रुपमा पर्चा बितरण नारा लेख्ने काम सम्पन्न गरिएका छन् ।