बैशाख ११ मकवानपुर ।
आज मकवानपुर जिल्लामा जम्मा ४ वटा कोणसभाहरु भए । कोणसभा भएका ठाउँहरुमा पर्चा वितरण र भित्ते लेखन पनि गरिएका छन् ।
आजको पहिलो कोणसभा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १९को वस्तीपुर बजारमा भयो । कोणसभालाई पार्टी पिविएम कमरेड शारदामहतले सम्वोधन गर्नु भयो ।
दोस्रो कोणसभा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १०को सिमाचोकमा भयो । उक्त कोणसभालाई पार्टी स्थाई समिति सदस्य रामसिंह श्रीसले सम्वोधन गर्नुु भयो ।
तेस्रो कोणसभा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिकाको मानसचोकमा भयो । कोणसभालाई पार्टी पिविएम कमरेड शारदा महतले सम्वोधन गर्नु भयो ।
चौथोे कोणसभा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका ६ चौघडाचोकमा भयो । कोणसभालाई पार्टी पिविएम कमरेड इश्वर तिमिल्सीनाले सम्वोधन गर्नु भयो ।
सबैै कोणसभाको संचालन पार्टी केस तथा मकवानपुर जिल्ला सचिव कमरेड सद्याम हुुसेनले गर्नु भएको थियो ।