ऋषिङ गाउँपालिकाको कार्यपालिका कार्यालयमा अभियान टोलीले अन्तरक्रियात्मक छलफल गरेको
बैशाख ११ तनहु । भिमाद नगरपालिका–१ उड्सिङ भञ्ज्याङ्गमा पर्चा वितरण र बोटमामा वाल पेन्टिङ गरियो । शहीद राम भक्त सिग्देल ( बिकास ) को घर परिवारसँग अभियान टोलीले भेटघाट गर्यो । घिरिङ गाँउपालिका–१को पुट्टारमा पर्चा बितरण गर्नुकासाथै जन भेटघाट गर्यो ।
अभियान टोली घिरिङ गाउँ कार्यपालिकाको कार्यालयमा पुगेको थियो । गाउँ कार्यपालिका कार्यालयमा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायत शाखा प्रमुखहरु पनि न भएको पाइयो। । अध्यक्षलाई बुझ्दा कार्यव्यवस्था कारणले समय न मिलेको बताए । तर अभियान टोलीले अघिल्लो दिनदेखि अध्यक्षसँग समय मागेको थियो ।
अभियान टोली आईपुग्ने समयमा कार्यालयबाट निस्केको अभियान टोलीले जानकारी पयो । गाँउ पालिका बाट अभियान टोली निस्के पछि घिरिङ गाँउपालिका–३ को मानपुरमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई अभियान टोली सदस्य तथा बैकल्पिक केन्द्रीय सदस्य कमरेड दिपक बिष्टले सम्बोधन गर्नु भएको थियो । सम्वोधनका क्रममा उहाँले “आज गाँउ वस्तिमा ब्यापक भ्रष्टाचार ब्याप्त छ । आफुलाई जनप्रतिनिधि ठान्नेहरु जनताको करमा रमाएका छन् । तसर्थ हाम्रो अभियान टोली जनतालाई सचेत गराउन र भ्रष्टचारीहरुलाई खबरदारी गर्न आएका”े बताउनुभयो ।
ऋषिङ गाउँपालिकाको कार्यपालिका कार्यालयमा अभियान टोलीले अन्तरक्रियात्मक छलफल गरेको छ । अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाई र शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । अभियान टोलीको तर्फबाट अभियान टोली प्रमुख कृष्णराज पौडलले विषयवस्तु राख्नु भएको थियो । त्यसपछि अभियान टोलीले विभिन्न बिषयमा छलफल गरेको थियो । ५२ करोड ४८ लाख २८ हजार बजेट भएको गाँउ पालिकाको आन्तरिक आम्दानी भने २ करोड मात्र रहेको अध्यक्षले भन्नु भयो । १० करोड बेरुजु रहेको यो गाउँपालिकाको लिजामा तनहुँ जिल्लाको चौथौ स्थानमा रहेको जानकारी भयो । भौतिक पूर्वाधारमा लगानी गरेको तर सामाजिक विकास क्षेत्रमा अत्यन्तै कम लगानी भएको पाईयो । गाउँपालिकामा सिको परिक्षामा उत्कृष्ट जिपिए लिएका १५ जना विद्यार्थीहरुलाई एक तह गाँउपालिकाले पढाउने व्यवस्था गरेको, गाँउपालिकाले ४२.५ किमि म्याराथन दौड सञ्चालन गर्ने नेपालको पहिलो गाउँपालिका भएको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनु भयो ।
कमरेड कृष्णराज पौडेलले राख्नु भएको तात्कालिन राजनैतिक परिस्थितिको बिचारसँग आफु सहमत रहेको र दलहरुको कार्यशैलीका कारण राजावादीहरुको चलखेल बढेको कुरा सत्य भएको अध्यक्षको भनाई थियो । यदी राजावादीहरुका कारणले ०६२ — ०६३ को आन्दोलनका उपलब्धिहरु माथी संकट आउछ भने सम्पुर्ण गणतन्त्रका पक्षधर शक्तिहरू एक हुनुपर्ने उनको भनाइ थियो । नेपाली कांग्रेसबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका राजेन्द्र कृष्ण श्रेष्ठले अभियान टोलीको अभियानको उद्श्य सफल रहोस् भन्दै शुभकामना प्रकट गरेका थिए ।
अभियान टोली राती लम्जुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको दुई पिप्लेमा बास बसेको थियो ।