जनसम्बन्ध बिस्तार अभियान ४ नं. टोलिव्दारा बैशाख ११ गते चितवनमा सम्पन्न कार्यक्रमहरु

जनसम्बन्ध बिस्तार अभियान ४ नं. टोलिव्दारा बैशाख ११ गते चितवनमा सम्पन्न कार्यक्रमहरु

नविन खडका

बैशाख ११ चितवन । जनसम्बन्ध बिस्तार अभियान ४ नं. टोलिव्दारा बैशाख ११ गते चितवनमा सम्पन्न कार्यक्रमहरुमा पहिलो कोणसभा कार्यक्रम खैरहनी नगरपालिकाको पुरानो पर्सा बजारमा सम्पन्न । संचालक कैलाली इन्चार्ज तथा केन्द्रीय सदस्य दिनेश थापा र सम्बोधन केन्द्रीय समिति सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खड्का हुनुहुनथ्यो ।
दोस्रो खैरहनी नगरपालिकाको पर्सा बजारमा (२४ कोटे चोक) कोणसभा कार्यक्रम सम्पन्न गरियो, जसलाई पार्टी पिबिएम धनेस्वर पोख्रेलले सम्बोधन र केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापाले संचालन गर्नु भएको थियो ।
तेस्रो कोणसभा रत्ननगर नगरपालिकाको टाडी बजारमा सम्पन्न गरियो । उक्त कोणसभालाई पार्टी केन्द्रीय स्थायी समिती सदस्य तथा अभियान कमान्डर हेमन्त प्रकाश ओलि सुदर्शनले सम्बोधन गर्नु भएको थियो भने संचालन कैलाली इन्चार्ज तथा केन्द्रीय सदस्य दिनेश थापाले ।
चौथो रतननगर नगरपालिकाको सौराहा बजारमा कोणसभा कार्यक्रम सम्पन्न भयो, जसलाई पिबिएम तथा ११ नं. ब्यूरो सचीव अशोक लम्सालले सम्बोधन र केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापाले संचालन गर्नु भएको थियो ।
सोही दौरानमा सौराहाका विभिन्न स्थानमा भेटघाट तथा भ्रमण सम्पन्न भएका छन् । साथै व्यापकरुपमा पर्चा बितरण नारा लेख्ने काम पनि सम्पन्न गरिएका छन् ।