अभियान टोली नं.३ बैशाख १० गते तनहुँमा विभिन्न कार्यहरुमा व्यस्त

अभियान टोली नं.३ बैशाख १० गते तनहुँमा विभिन्न कार्यहरुमा व्यस्त

जितामित्र

अभियान टिमले भिमाद नगरपालिकाको कार्यलयको भ्रमण गरी  छलफल गरिरहेको
बैशाख १० तनहुँ । बैशाख १० गते अभियान टोली नं.३ले तनहुँमा दुई वटा कोणसभा र अन्य कार्यहरु सम्पन्न गरेको छ ।


उसले पहिलो कोणसभा शुक्लागण्डकी नगरपालिका –८ ढोरफिर्दी पाटन बजारमासम्पन्न गरयो । कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवाले सम्वोधन गर्नु भएको थियो । सम्वोधनमा उहाँले “राजतन्त्र नेपालको विकल्प हुन सक्दैन । राष्ट्रियता र जनतन्त्र यो अवस्थामा हुनु र नेपाली जनताको जीवनस्तर दयनीय हुनुमा पञ्चायती व्यवस्था र राजतन्त्रको ठुलो भूमिका छ” भन्नु भयो । उहाँको थप जोड थियो “अबको विकल्प यथास्थितिवादी पनि होईन अबको विकल्प जनगणतन्त्र हो । हामीले आन्दोलालाई त्यो दिशामा अगाडि बढाउनु पर्छ” भन्ने थियो । कोणसभाको सञ्चालन तनहुँ जिल्ला सचिव कमरेड नारायण लम्सालले गर्नु भएको थियो । अभियान टोलीले बजार क्षेत्रमा ब्यापकरुपमा पर्चा वितरण र वाल पेन्टिङ पनि गरेको छ ।


दोस्रो कोणसभा भिमाद नगरपालिका –६ को कुमार चोकमा सम्पन्न भएको छ । कोणसभालाई अभियान टोली सदस्य तथा बैकल्पिक पिबिएम कमरेड जितामित्र सुनारले सम्बोधन गर्नु भएको थियो । सम्वोधनमा उहाँले “दलहरुलाई चुनाववादी मानसिकताले खायो । कुन टोल बस्तिमा बजेट बिनियोजन गर्दा मलाई भोट कति आउछ भन्ने उनीहरूको मानसिकता बन्यो । आवस्यकता अनुसार विकास बजेट र सामाजिक विकासमा उनीहरुको ध्यान गएन । चुनावदेखी चुनाव मात्र देख्ने नेताहरुले अरु देख्न न सक्दा देशलाई कङ्गाल बनाएका हुन । अब नेपाली जनताले आलोचनात्मक चेतले सोच्नु पर्ने भयो” भन्नु भयो । कोणसभालाई कास्की जिल्ला सचिव कमरेड नारायण लम्सालले सञ्चालन गर्नु भएको थियो । बजार क्षेत्रमा ब्यापक पर्चा वितरण पनि गरिएको थियो ।

अभियान टोलीले भिमाद नगरपालिकाको कार्यलयको भ्रमण गरी नगर प्रमुख दधिराज सुवेदी र प्रमुख प्रशासकीय अधिकृत कमल प्रशाद पुन लगायत शाखा प्रमुखहरुसंग अन्तर क्रियात्मक छलफल सम्पन्न गरेको छ। छलफलगर्दै अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले विषय वस्तु राख्नु भएको थियो। अभियान टोली सदस्यहरूले नीति तथा कार्यक्रम, बजेट, सामाजिक विकास, पुर्वाधार विकास, नगरपालिकाको बेरुजु लगायत विषयमा छलफल गरेको थियो। नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले उठेका विषयमा प्रस्ट पार्ने कोशिश गर्नुभएको थियो। थप समयमा कृष्णराज पौडेलले उठेका विषयमा प्रस्ट पार्नु भएको थियो।


अभियान टोलीले ढोरबाराही जाने बाटोमा, बोक्सानको उकालोमा, भिमाद नगरपालिका –२ टेक्रे बजारमा वाल पेन्टिङ गर्नुका साथै पर्चा वितरण पनि गरेको थियो । भिमाद नगरपालिकाको बोर्डर भन्ज्याङमा अभियान टोली बास बसेको थियो ।