अभियानको अठ्तिसौं दिन अर्थात् बैशाख १० गते २ नं. अभियान टिम दोलखापछि आजै सिन्धुपाल्चोक

अभियानको अठ्तिसौं दिन अर्थात् बैशाख १० गते २ नं. अभियान टिम दोलखापछि आजै सिन्धुपाल्चोक

शोभा सेन्चुरी

बैशाख १० । अभियानको अठ्तिस औं दिन अर्थात् बैशाख १० गते दोलखा शैलुङ गाउँपालीका भैसे बजारमा कोणसभा गरिएको छ । सभाको संचालन विद्यार्थी नेता नितम खड्काले गर्नुभएको हो । अभियानबारे दोलखा जिल्ला सचीव गोबिन्द काफ्लेले राख्नुभएको हो । त्यस्तै पार्टीको नीति तथा आगामी कार्यक्रम बारे किसान नेता तथा पार्टीको केन्द्रिय सदस्य क्षेत्र बहादुर थापाले मन्तव्य मार्फत प्रष्ट पार्नुभएको हो । अभिनय सहितको सास्कृतिक प्रस्तुति नारायण शर्माले राख्नुभएको हो ।


दोस्रो कोणसभा दोलखा जिल्ला शैलुङ गाउँपालिका वडा नम्बर ३,मागादेउराली बाघखोर बजारमा कोणसभा गरिएको छ । सभाको संचालन एकीकृत दलित मुक्ति मोर्चा नेपाल को कार्यलय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले गर्नुभएको हो । सभाको सम्बोधन दोलखा जिल्ला इन्चार्ज पुर्णबहादुर खड्काले गर्नुभएको हो । अभियानबारे पार्टीको नीति तथा कार्यक्रमको बिस्तृत जानकारी बाबुराम सुवेदीले गर्नुभएको हो । सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो ।


सिन्धुपाल्चोक जिल्ला लिसङ्खुपाखर गाउँपालिका वडा नम्बर ५, मुडे बजारमा खाना । खाना पश्चात् सिन्धुपाल्चोक जिल्ला कमिटीलाई दोलखा जिल्ला कमिटीले झण्डा हस्तान्तरण सहित केन्द्रिय अभियान टोलिलाई सिन्धुपाल्चोक जिल्ला सचीव धन गोले लगायत जिल्ला कमिटीले खादा लगाएर भब्य स्वागत गरेको छ । तत पश्चात् कोणसभा गरिएको छ । कोणसभाको संचालन सिन्धुपाल्चोक जिल्ला सचीव धन गोलेले गर्नुभएको हो । सभाको सम्बोधन पार्टीको पोलिटब्युरो सदस्य एवम् १० नम्बर ब्युरो इन्चार्ज सुरेश श्रेष्ठले गर्नुभएको हो ।


सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो । दोस्रो कोणसभा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नम्बर ७ खाडिचौर बजारमा कोणसभा गरिएको छ । सभाको संचालन जिल्ला सचीव धन गोलेले गर्नुभएको हो । सभाको सम्बोधन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यलय सदस्री पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले गर्नुभएको हो । सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो ।


तेस्रो कार्यक्रम चौतारा सागाचोकगढि नगरपालिका वडा नम्बर १० सुकुटे बजारमा कोणसभा गरिएको छ । सभाको संचालन जिल्ला सचीव धन गोलेले गर्नुभएको हो । सभाको सम्बोधन पार्टीको केन्द्रिय सदस्य नारायण शर्माले गर्नुभएको हो ।