बैशाख १० मकवानपुर । विहान पौने ९ बजे केन्द्रीय अभियान टोली न.ं १लाई १२ नं. ब्यूरो इन्चार्ज क. विरेन्द्र कुमार यादव, ब्यूरो सेक्रेटरी क. हरेराम पटेल, ब्यूरो सदस्यहरु क. कर्णबहादुर थापा र इश्वर ढुंगेलले ११ नं. ब्यूरो इन्चार्ज क. चन्द्रहरी सुवेदी र मकवानपुर जिल्ला सचव सद्याम हुसेनलाइृ बारा जिल्लाको २ नं. पुलमा हस्तान्तरण गर्ने काम भयो ।
आजै हेटौडा बजारको रोयलप्यालेसमा पत्रकार भेटघाट कार्यक्रम भयो । कार्यक्रमको संचालन क. चन्द्रहरी सुवेदीले गर्नु भएको थियो भने जनसम्वन्ध विस्तार अभियानको उद्येश्य र पार्टीको राजनीतिक कार्यदिशाको बारेमा पार्टी स्थाई समिति सदस्य तथा टोली कमाण्डर क. रामसिंह श्रीसले बताउनु भएको थियो । पत्रकारहरुले अभियानलाई सफलताको शुभकामना दिएका थिए ।
आजको पहिलो कोणसभा मकवानपुर जिल्लाको लोथर बजारमा भयो । कोणसभालाई पार्टी स्थाई समिति सदस्य रामसिंह श्रीसले सम्वोधन गर्नु भयो ।
दोस्रो कोणसभा मकवानपुर जिल्लाको मनोहरी बजारमा भयो । उक्त कोणसभालाई पार्टी पिविएम चन्द्रहरी सुवेदीले सम्वोधन गर्नु भयो ।
दुबै कोणसभाको संचालन जिल्ला पार्टी सचिव सद्याम हुुसेनले गर्नु भएको थियो । ्अमलेखगन्ज २ नं. पुल , चुरीयामाई सुरुंगमार्ग, हेटौडा र लोथरमा पर्चा वितरण र भित्तेलेखन कार्यहरु गरिएका थिए ।