४ नं. टोलिव्दारा बैशाख १० गतेको  जनसम्बन्ध बिस्तार अभियान कार्यक्रम सम्पन्न गरी आजै चितवन जिल्ला प्रवेश

४ नं. टोलिव्दारा बैशाख १० गतेको  जनसम्बन्ध बिस्तार अभियान कार्यक्रम सम्पन्न गरी आजै चितवन जिल्ला प्रवेश

बैशाख १० नवलपुर ।
बैशाख १०को पहिलो कोणसभा कार्यक्रम देवचुली नगरपालिकाको रजहर बजारमा सम्पन्न । पार्टी केन्द्रीय समिति सदस्य क.नवीन खड्काले सम्बोधन र कैलाली इन्चार्ज तथा केन्द्रीय सदस्य दिनेश थापाले संचालन ।
दोस्रो कोणसभा कार्यक्रम गैंडाकोट नगरपालिकाको अमरापुरी १६ नं.चोकबजारमा सम्पन्न, जसलाई पार्टी पिबिएम तथा ११ नं. ब्युरो सचीव क. अशोक लम्सालव्दारा सम्बोधन र केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापाले संचालन गर्नु भएको थियो ।


तेस्रो कोणसभा गैंडाकोट नगरपालिका भेडामारे बजारमा सम्पन्न गरियो । केन्द्रीय सल्लाहकार समिति सदस्य युवराज न्यौपाने अक्कलले सम्बोधन गरेको उक्त कोणसभाको संचालन कैलाली इन्चार्ज तथा केन्द्रीय सदस्य दिनेश थापाले गर्नु भएको थियो ।
चौथो गैंडाकोट नगरपालिकाको कालिकाचोक बजारमा कोणसभा कार्यक्रम सम्पन्न । केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापाले संचालन गरेको उक्त कोणसभालाई पार्टी पिबिएम क. धनेस्वर पोख्रेलले सम्बोधन गर्नु भएको थियो ।
पाँचौ कोणसभा कार्यक्रम गैंडाकोट नगरपालिकाको भिकृटी चोक बजारमा सम्पन्न गरियो । उक्त कोणसभाको संचालन केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापाले र सम्बोधन पार्टी केन्द्रीय स्थायी समिति सदस्य तथा अभियान कमान्डर हेमन्त प्रकाश ओलि सुदर्शन गर्नु भएको थियो ।


४ नं. टोलिव्दारा तीन जना सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरियो । र साथै नेकपाका जिल्ला इन्चार्ज पदम केसि जुझारु लगायत विभिन्न राजनितीक दलका कार्यकर्ता र ब्याक्तित्वहरुसंग भेटघाट तथा छलफल गरिएको थियो । अभियान टोलीले व्यापकरुपमा पर्चा बितरण गरिएको थियो ।
४ नं. अभियान टोलि आजै नवलपुर जिल्लाबाट बिदाइ भई चितवन जिल्ला प्रवेश गरेको छ ।