बैसाख १० कपिलवस्तु । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तु जिल्ला समितिको आयोजनामा , जनसम्बन्ध विस्तार अभियान अन्तर्गत कपिलवस्तुको ४ नम्बरमा “मिटरव्याज , सहकारी , वित्तीय संस्था तथा बैंक पीडितको न्यायको प्रश्न “ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पार्टीका जिल्ला सचिव हिमलाल न्यौपानेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि पार्टीका पोलिटव्युरो सदस्य प्रेम सुवेदी थिए भने, कार्यपत्र प्रश्तुत पार्टी पोलिटव्युरो सदस्य लालबहादुर जाग्रीले गरेका थिए । कार्यक्रममा प्रश्तुत कार्यपत्रमाथि माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नारायण भुसाल , राजमो जिल्ला सदस्य पिताम्बर खनाल , सहकारी अभियान्ता सन्दिप सापकोटा , कपिलवस्तु नागरिक समाजका अध्यक्ष अर्जुन पोखरेलले पिडितलाई न्याय दिन एकजुट हुनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमको सन्चालन दिपक पौडेल र स्वागत मन्तव्य कमल उप्रेतीले दिएका थिए ।