बैशाख ९ गते अर्थात अभियानको सैतिसौं दिन १ नं. अभियान टोलीव्दारा सम्पन्न कार्यक्रमहरु

बैशाख ९ गते अर्थात अभियानको सैतिसौं दिन १ नं. अभियान टोलीव्दारा सम्पन्न कार्यक्रमहरु

बैशाख ९ पर्सा । अभियानको सैतिसौं दिन अर्थात् बैशाख ९ गते पर्सा जिल्लामा पार्टीको स्थापना दिवस तथा लेनिन जयन्ती कोणसभा गरी मनाइयो । आज पर्सा जिल्लामा ३ वटा कोणसभाहरु सम्पन्न गरिए । ती कोणसभाहरुमा विश्व सर्वहारावर्गका महान नेता तथा गुरु लेनिनले माक्र्सवादको रक्षा र विकासमा दिएका योगदानहरुवारे चर्चा गर्नुका साथै नेपाल कम्युनिस्ट पार्टीले आफनो स्थापना कालमा लिएको उद्येश्य अझै पुरा नभएको विश्लेषण सहीत प्रकाश पार्ने काम भयो ।
पहिलो कोणसभा पर्सा जिल्लाको पटेरवा सुगौली नपा २ रंगपुर बजारमा भयो । उक्त कोणसभालाई पाटीृ केस टेकबहादुर विकले सम्वोधन गर्नु भयो ।


दोस्रो पर्सागढी नपा १ मानवा बजारमा भयो, सम्वोधन पार्टी पिविएम कमरेड चन्द्रहरी सुवेदीले गर्नु भयो ।


तेस्रो कोणसभा पर्सागढी नपा ३ वदनिभार बजारमा भयो, जसलाई पार्टी स्थाई समितिa सदस्य तथा टोली प्रमुख रामसिंह श्रीसले सम्वोधन गर्नु भएको थियो ।


सबै कोणसभाको संचालन केस क. इश्वर ढुंगेलले गर्नु भएको थियो ।