काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १५ नंं ब्यूरोले संखुवासभाको खाँदवारी तुम्लिङटारमा कोणसभा सम्पन्न गरेको छ ।
पार्टीको जारी जनसम्बन्ध विस्तार अभियानको क्रममा आयोजित कोणसभालाई रविकिरणले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन निरू पोख्रेलले गर्नुभएको थियो । हिजो जिल्लाको सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरिएको थियो । सम्मेलनमा पत्रकारहरुले राखेको जिज्ञासालाई ब्यूरो इन्चार्ज सरलले जवाफ दिनुभएको थियो ।
हिजै अभियान टोलीले सहिद प्रल्हाद कार्कीको परिवारसँग पनि भेटघाट गरेको थियो । अभियान टोलीले भित्ते लेखन र पर्चा वितरणको कार्यलाई व्यापक बनाएको छ ।