नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल ९ न. क्षेत्रिय व्युरोको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल ९ न. क्षेत्रिय व्युरोको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल ९ न. क्षेत्रिय व्युरोको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । काठमाडौंको न्हुयोखा टोल स्थित जन–चिकित्सालय हलमा बैशाख ७ गते सम्पन्न गरिएको अन्तरक्रिया कार्यक्रममा नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

‘देशको वर्तमान समस्या तथा यसको निकास र नेवाः मुक्तिको प्रश्न’ विषयक अन्तरक्रियाका कार्यक्रममा अध्यक्ष पवनमान श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रमाथि कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका नेता पुर्व सांसद तथा मन्त्रि राजेन्द्र श्रेष्ठ, नेवाः दे दवु का पवित्रा वज्राचार्य, वाम वुद्विजीवी डा.जगदिशचन्द्र भण्डारी, नेवा न्हव लुवा डा महेशमान श्रेष्ठ लगायतले टिप्पणी गर्नुभएको थियो । उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नेपालको नं क्षेत्रिय व्युरो इन्चार्ज दिनेश शर्मा, सचिव चिन्तामणि पौडेल, गोर्की श्रेष्ठ र बिजयरत्न बज्राचार्यको अतिथि रहेको थियो।

मोर्चाका केन्द्रीय महासचिव शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सचिव श्रीकृष्ण शुलुले सन्चालन गर्नुभएको थियो ।