अभियानको सैतिसौं दिन अर्थात् बैशाख ९ गते २ नं. अभियान टीमव्दारा सम्पन्न कार्यक्रमहरु

अभियानको सैतिसौं दिन अर्थात् बैशाख ९ गते २ नं. अभियान टीमव्दारा सम्पन्न कार्यक्रमहरु

बैशाख ९ दोलखा । अभियानको सैतिस औं दिन अर्थात् बैशाख ९ गते तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालु डाडागाउमा सावित्री खड्का (ठुली भाउजू) को दोस्रो स्मृति सभामा २ नं. टोली सहभागि बन्यो । कार्यक्रम तामाकोसी गापा–४ मालु डाडागाउ दोलखा (उहाकै घर अगाडि ) गरिउको थियो । कार्यक्रमको अध्यक्षता पार्टीका केन्द्रिय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज र सावित्रीजिका जीवन साथी पुर्ण बहादुर खड्काले गर्नु भउको थियो भने गोबिन्द काफ्लेले संचालन गनुृ भएको थियो । कार्यक्रमका वक्ताहरुमा सन्तबहादुर नेपाली,बासु पोखरा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य हुनुहुन्थ्यो ।
अर्को कार्यक्रम पार्टीको स्थापना दिवस तथा लेनिन जयन्ती सम्पन्न गरियो । जसको अध्यक्षता पार्टी पिविएम तथा १० न.. ब्यूरो इन्चार्ज सुरेश श्रेष्ठ हुनुहुन्थ्यो भने संचालन बाबुराम सुवेदीले गर्नु भएको थियो ।
उक्त कार्यक्रमका अतिथिहरुमा पार्टी स्थाई समिति सदस्य तथा २ न.. टोली नेता सन्तबहादुर नेपाली, टोली सदस्यहरु क्षेत्र बहादुर थापा,नारायण शर्मा, टेकबहादुर तामाङ, अर्पणा श्रेष्ठ, बासु पोखरेल हुनुहुन्थ्यो । वक्ताहरुमा टेकबहादुर तामाङ, क्षेत्रबहादुर, सन्तबहादुर हुनुहुन्थ्यो । र्काक्रममा नारायण शर्माव्दारा अन्तरास्ट्रिय गित प्रस्तुति गरिएको थियो ।
त्यसपछि भिमेश्वर नगरपालिका वडा नम्बर ५ तामाकोसी बजारमा कोणसभाको आयोजना गरियो, जसलाई नारायण शर्माले सम्वोधन र टेकबहादुर तामाङले संचालन गर्नु भएको थियो ।
त्यसैगरी भिमेश्वर नगरपालिका चरिकोट सातदोबाटो चोकमा अर्को कोणसभा गरिएको छ । सभाको संचालन एकीकृत दलित मुक्ति मोर्चा नेपालका कार्यालय सदस्य शोभा सेन्चुरीले गर्नुभयो भने अभियानबारे जिल्ला इन्चार्ज पुर्णबहादुर खड्काले राख्नुभयो । पार्टीको नीति तथा आगामी कार्यक्रमबारे पार्टीको स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले राख्नुभएको थियो ।
अपेरा सहितको सास्कृतिक प्रस्तुति नारायण शर्माले राख्नुभएको थियो ।

भिमेश्वर नगरपालिका वडा नम्बर २, भिमसेनस्थान बजारमा पनि कोणसभा सम्पन्न गरिएको छ । सभाको संचालन जितमान घतानिले गर्नुभएको र सभामा अभियान बारे एवम् पार्टीको नीति तथा आगामी कार्यक्रम बारे दोलखा जिल्ला सचीव गोबिन्द काफ्लेले राख्नुभएको थियो ।