बैशाख ८ गते पहिलो कोणसभा कार्यक्रम नवलपुरको बिनय त्रिवेनि गाउँपालिकाको दुम्किबास बजारमा सम्पन्न गरियो । उक्त कोणसभालाई पार्टी पिबिएम तथा ११ नं. ब्युरो सचीव अशोक लम्साल अनुकूलले सम्बोधन र केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापाले संंचालन गर्नु भएको थियो ।
दोस्रो मध्यबिन्दु नगरपालिकाको अरुङखोला बजारमा कोणसभा कार्यक्रम सम्पन्न भयो । संचालक पार्टी जिल्ला सचीव उत्तम थापा र सम्बोधन पार्टी पिबिएम धनेस्वर पोख्रेल ।
त्यसपछि मध्यबिन्दु नगरपालिकाको चोरमारा बजारमा अर्को कोणसभा सम्पन्न गरियो, जसलाई पार्टी केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खड्काले सम्बोधन र जिल्ला सचीव उत्तम थापाले संचालन गर्नु भएको थियो ।
अभियान ४ नं. टोलिले जनमुक्ति सेनाका बटालिएन कमान्डर द्दोय क. गुराँस क. बल्पसंग राजनितीक भेटघाट तथा महत्वपूर्ण छलफल भएको छ । साथै नवलपुर जिल्लाको प्रथम सहिद फुलमाया सारु क. रमाको स्मृति रंगशाला अनुगमन गरयो ।
जिल्लामा व्यापक नारा लेख्ने काम व्यापक पर्चा बितरण गर्ने काम सम्पन्न गरिएको छ ।