यो व्यवस्था जनताले भने झैं खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा प्रमाणित भएको छ ।यो व्यवस्था कथित संघीय लोकतान्त्रिक गणतन्त्र हो।यो अर्ध सामन्ती,अर्ध उपनिवेशिक,नोकरशाही दलाल पुजीवादी संसदिय व्यवस्था हो।यो व्यवस्था वुर्जुवा ,अमुख,अभिजात वर्गीय यथास्थितिवादी प्रतिक्रियावादी व्यवस्था हो। राजनीति वर्ग संघर्षको एक रूप हो।राजनीति अर्थतन्त्रको सघन रूप हो।”राजनीति वर्गसंघर्षको माध्यम हो।,मानव इतिहास वर्ग संघर्षको इतिहास हो।वर्गीय विचार दृष्टिकोण सिद्धान्त अनुरुपको वर्गीय राजनीतिक व्यवस्था हुन्छ । हास्यास्पद– वर्गीय व्यवस्था अनुरुपको अवस्था नभई अवस्था अनुरुपको राजनीतिक व्यवस्था हो ? भन्ने भाष्य जवर्जस्त निर्माण गरिदै छ । व्यवस्थाको विकल्प व्यवस्था नभई अवस्था र व्यक्ति हो ? भन्ने भाष्य निर्माण गरि वुर्जुवा कुलीन अमुख अभिजात वर्गीय यथास्थितिवादी प्रतिक्रियावादी दलाल संसदिय व्यवस्था सहि छ । भन्दै जनतालाइ भेडाको संज्ञा दिदै ( शब्दको,नयाँको ,अवस्थाको ,विकल्पको,बिकासको,समृद्धिको,निलो क्रान्तिको,शान्तिको ) को भ्रमजाल षड्यन्त्रको चक्रव्यु र लुट ब्रम्हलुट निरन्तर जारी छ । लुट ब्रम्हलुट,राजनीतिक संकट,मानवताको पीडा,समाजको अन्धकारको चरम सिमा– वुर्जुवा कुलीन अमुख अभिजात वर्ग –अर्ध सामन्त नोकरशाही (हिजोका सामन्त,लुटेरा,जमिनदार ,भ्रष्ट ,तस्कर ,राणा शाह राजा रजौटा पञ्चे मण्डलले ,टुकुरे,भुकुरे) अर्ध उपनिवेश भ्रष्ट दलाल पुजीवादीहरुको प्रातिनिधित्व मात्र नभई प्रत्येक्ष नेतृत्व अर्थात शासन प्रणाली हो ।
यो व्यवस्थाको शत्रु सर्वहारा वर्ग श्रमिक मजदुर किसान गरिब उत्पीडित दलित महिला जनजाति आदिवासी मधेसी मुस्लिम अल्पसंख्यक सिमान्तकृत पिछडिएका वर्ग समुदाय जनता वास्तविक कम्युनिस्ट क्रान्तिकारी माओवादी हुन। न कि नामधारी अवसरवादी,संसोधनवादी, सारसंग्रहवादि,मिलेरावादि ।
यो व्यवस्था क्रूर ,निरंकुश ,तानाशाही,शाहितन्त्र, राजतन्त्र भन्दा धेरै प्रगतिशील व्यवस्था हो।यो व्यवस्थाले हजारौं बर्ष पछि – पछिल्लो २४० वर्षीय क्रूर निरंकुश तानाशाह शाहितन्त्र राजतन्त्र द्वारा नियोजित पछि पारिएका दबाइएका मारिएका (हत्या ,हिंसा बलात्कार )लादिएका – रैती ,दास,नोकर ,हलि,कमारा,कमारी भुइँ मान्छे, दलित,महिला ,आदिवासी ,जनजाति ,विभेद,उत्पीडित ,पिछडिएका जाती,भाषा ,क्षेत्र ,लिङ्ग समुदायलाई जनता बन्ने अधिकार दिएको पहिलो व्यवस्था हो।जनताले नेता चुन्ने चुनिने अधिकार यसको सकरात्मक पाटो हो(खयर अधिकांश भ्रष्ट,दलाल,माफिया ,तस्कर–अमुख,अभिजात वर्ग किन नचुनिउन)निर्वाचित प्रतिनिधि यसको विशेषता हो।ृजातीय पहिचान सहितको संघीयता ,ध्रमनिरिपेक्षता ,लोकतान्त्रिक गणतन्त्र ,जनताको संविधान।,समृद्ध नेपाल सुखी नेपाली,समाजवाद उन्मुख रास्ट्र,आत्म निर्भर अर्थतन्त्र ,व्यवहारिक बैज्ञानिक समाजवादी शिक्षा । मौलिक अधिकार,अधिकार सप्पन्न नेपाली गाँस,बास,कपास,शिक्षा ,स्वास्थ्य ,रोजगार ,स्वरोजगारको व्यवस्था ।जनताको जनजिविका,महँगि भ्रष्टाचारको अन्त्य,बेथिती विकृतिको अन्त्य ।,शु–शासन ,घरघरमा ग्यास पाइप, घर घरमा रोजगार, व्यवस्था सहि छ अवस्था बदल्ने ,समाजवाद उन्मुख रास्ट्र ।,गाउँ गाउँमा सिंह दरवार घर घरमा सिंह दरवार,सहकारी पीडितलाई न्याय ,मिटरब्याज पीडितलाई न्याय ,भ्रष्टाचारि तस्कर माफियालाई कार्वाही। ,बालुवाटार काण्ड ,भुटानी सर्णार्थी काण्ड,ह्वाइट बडि,गिरिबन्दु लगाएयका काण्डको हल,असमान सन्धिको खारेज,अतिक्रमित भुमि फिर्ता – यी र यस्ता बिषय भाषण र नारामा मात्र सिमित हुन ।े सर्वहारा वर्गको अधिकारलाई कुण्ठित र अधिकार बिहिन बनाउने उदेश्यले कम्युनिस्ट र माओवादीलाई बदनाम र भ्रष्टिकरण र बिषयान्तरणको चक्रव्यु जारी छ।यी बिषय नितान्त भुइँ मान्छेहरुको बिषय हुन। सर्वहारा वर्गको व्यवस्था जनताको जनवादी जनगणतन्त्रमा मात्र प्राप्त हुन्छ ।त्यसको निम्ति जनयुद्ध ,जन आन्दोलन भएको हो। यो व्यवस्था दलाल अमुख,अभिजात,कुलीन वर्गीय व्यवस्था हो।यसले गर्ने भ्रष्टाचार,दलालि,तस्करी ,माफिया ,हत्याहिंसा ,बलात्कार ,साम्प्रदायिक दन्द्ध,अन्याय ,विभेद,असमानता ,बेरोजगार ,बिकृती,विसंगति ,लुट ब्रम्हलुट,छलछाम,झुठो आश्वासन यो व्यवस्थाको नितिगत बिषय (निजीकरण र उदारीकरण हो)हो।त्यसैले यो व्यवस्था वर्गीय रुपमा सफल व्यवस्था हो। व्यवस्थाको आफ्नो वर्गीय पहिचान पुर्णतः सफल रह्यो।जनताले व्यवस्था अनुरुपको व्यवस्थाको अनुभव गर्न पाय न कि भाषण नारा आश्वासनको ? त्यो क्रूर निरंकुशताबाट पिल्सिएका रैती ,दास,नोकर ,चरम –उत्पीडन ,अशिक्षा ,गरिबी,विभेद,छुवाछूत ,अन्याय,अत्याचारबाट पिल्सिएका रैतिहरु स्वतन्त्रताको खुसीमा सर्वहारा वर्गको त्याग ,बलिदानलाइ जनताको जनवादि व्यवस्थालाई घात प्रतिघात गरेको पतै भएन। र कथित संघीय लोकतान्त्रिक गणतन्त्र लाद्ने काम भयो ।जनताको एजेन्डा प्रती (पहिचान सहितको संघीयता ,समाजवाद ,सहकारी) प्रती नियोजित भ्रस्टिकरण, बिकृती सिर्जना गरि जनताको आन्दोलन बलिदानका एजेन्डा मागलाइ बदनाम र भ्रस्टिकरण गर्ने कार्य नियोजित जारी छ।त्यो पनि कम्युनिस्ट र माओवादीको आवरणमा ।यो प्रतिक्रियावादी ,यथास्थितिवादी व्यवस्था नभई – यो त सर्वहारा वर्गको व्यवस्था ? ,कम्युनिस्ट पार्टीको व्यवस्था ? माओवादी पार्टीको व्यवस्था ? ,जनयुद्धले ल्याएको व्यवस्था ? भनेर भ्रम, लुट,भ्रष्टिकरणको चक्रव्युमा पार्न सफल भएको छ। क्रमसः