बैशाख ७ गते अभियान टोली नं.१ले बारा जिल्लामा सम्पन्न गरेका कार्यक्रमहरु

बैशाख ७ गते अभियान टोली नं.१ले बारा जिल्लामा सम्पन्न गरेका कार्यक्रमहरु

बैशाख ७ गते बारा । जनसम्वन्ध विस्तार अभियान टोली नं.१ले बैशाख ७ गते बारा जिल्लामा ३ वटा कोणसभा, एउटा पत्रकार भेटघाट कार्यक्रम र ब्यापक रुपले पर्चा वितरण गरिएका थिए ।
पहिलो कोणसभा बारा जिल्लाको नीजगढमा सम्पन्न भयो, जसलाई पार्टी पिविएम कमरेड चन्द्रहरी सुवेदीले सम्वोधन गर्नु भएको थियो ।


दोस्रो कोणसभा बारा जिल्लाको डुमरवाना बजारमा भयो, जसलाई पार्टी सिसिएम कमरेड टेकबहादुर विकले सम्वोधन गर्नु भएको थियो ।


तेस्रो कोणसभा बारा जिल्लाको सिमरा बजारमा भयो, जसलाई पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीसले सम्वोधन गर्नु भएको थियो ।


नीजगढ र डुमरवानामा भएको कोणसभाको संचालन केस तथा १२ न..ब्यूरो सेक्रेटरी हरेराम पटेलले गर्नु भएको थियो भने सिमरा बजारमा भएको कोणसभाको संचालन पार्टी सिसिएम इश्वर ढुंगेलले गर्नु भएको थियो ।
बारा जिल्लाको सिमरा बजारको सम्यक होटलमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको संचालन केस तथा १२ न..ब्यूरो सेक्रेटरी हरेराम पटेलले गर्नु भएको थियो । पार्टीको तर्फबाट अभियान टिमका टोली नेता तथा पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीसले पार्टीका कुरा राख्नु भयो । त्यसपछि पत्रकारहरुका विभिन्न जिज्ञासा तथा प्रश्नहरुको जवाफ कमरेड रामसिंह श्रीसले दिनु भएको थियो ।