बैशाख ७ नवलपरासी । जनसम्बन्ध बिस्तार अभियान अन्तरगत ४ नं. टोलिले बैशाख ७ गते विभिन्न कोणसभाहरु सम्पन्न गर्नुका साथै सहीदप्रति सम्मान र पर्चा वितरण गरेको छ ।
सर्वप्रथम बर्दघाट नगरपालिकाको ज्यामिरेभारमा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कोणसभालाई पार्टी केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खड्काले सम्बोधन गर्नु भयो भने संचालन क्रान्तिकारी संयुक्त मोर्चा नेपाल नवलपरासी संयोजक चुडामणी भण्डारीले गर्नु भएको थियो ।
प्रतापपुर गाउँपालिकाको गोपिगंज बजारमा कोणसभा कार्यक्रम सम्पन्न गरिएको छ, जसलाई जिल्ला सचीव तथा केन्द्रीय सदस्य रवि पाण्डेले सम्बोधन र जिल्ला सचिवालय सदस्य दुर्गा नारायण चौधरीले संंचालन गर्नु भएको थियो ।
तेस्रो कोणसभा प्रतापपुर गाउँपालिकाको सुर्यपुरा बजारमा सम्पन्न गरियो । पिबिएम तथा ३ नं. ब्युरो इन्चार्ज लाल बहादुर जाग्रीले सम्बोधन र संचालन जिल्ला सचिवालय सदस्य दुर्गा नारायण चौधरीले गर्नु भएको थियो ।
त्यसपछि सुस्ता गाउँपालिकाको सुस्ता गाउँमा अर्को कोणसभा सम्पन्नभयो । पार्टी स्थायी समिती सदस्य तथा अभियान कमान्डर हेमन्त प्रकाश ओलि सुदर्शनले सम्बोधन गर्नु भएको उक्त कोणसभाको संचालन जिल्ला सचिवालय सदस्य दुर्गा नारायण चौधरी गर्नु भएको थियो ।
कोणसभाको समापन पछि अभियान टिमका कमान्डर सहितले जनमुक्ति सेनाका बिग्रेड कमान्डर सहिद क. सलिमको सालिकमा माल्यार्पण गरि सहिद प्रती सम्मान गरिएको थियो ।
कोणसभाका दौरानमा व्यापक पर्चा बितरण पनि गरिएको थियो ।