काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीको १५ नम्बर ब्युरोद्वारा संचालित जनसम्बन्ध बिस्तार अभियान आज संखुवासभा प्रवेश गरेको छ । केन्द्रीय अभियानले नसमेटको जिल्ला संखुवासभालाई मुख्य लक्षित गरी अभियान टोली परिचालन गरिएको छ ।

अभियान टोलीले २०८२ बैशाख २ गते देखि ६ गते सम्म भोजपुरका षडानन्दगाउँ पालिका, सिल्पासिलिचो लगायतका विभिन्न स्थानमा कोणसभा ¥याली पर्चा बितरण वालिङ्ग जनभेटघाटका साथै सदस्यता लगायत कार्य गरी आज बैशाख ७ गते संखुवासभा जिल्लाको खाँदवारी नगरपालिकाको मानेभन्ज्याङ्गमा ¥यालीसहित कोणसभा सम्पन्न भएको छ । जसको संचालन बिद्यार्थी नेता विष्णु थापाले गर्नु भयो भने सम्बोधन पार्टीका केस बालकृष्ण सुबेदीले गर्नु भयो ।

त्यसै गरि खाँदवारी बजारको देवकोटा चोक र पोखरी बजारमा पनि छुट्टा छुट्टै कोणसभा सम्पन्न भएका छन् । वलदेबले सञ्चालन गरेको कार्यक्रममा वक्ता अम्बिका रेग्मीले र पोखरीबजारको कोणसभालाई वक्ता डिल्लीराम बोहराले सम्बोधन गर्नुभएको थियो ।

कोणसभाको सञ्चालन राजकुमार राईले गर्नुभएको थियो । यी सबै स्थानमा पर्चा बितरण वालिङ्ग र जनभेटघाट समेत सम्पन्न भएका छन ।































