३ नंं अभियान टोलीद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

३ नंं अभियान टोलीद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वैकल्पिक केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला संगठन समितिका इन्चार्ज शारदा शाहको जेष्ठ सुपुत्र मिलन विक्रम सेनको २०८२ साल बैशाख ५ गते ४१ वर्षको उमेरमा दुर्घटनामा परी असामयिक निधन हुन पुगेको छ । यस दुखद् घटनामा भएको सेनको निधनले पार्टीलाई स्तब्ध तुल्याएको भन्दै पार्टीको ३ नंं अभियान टोलीले मृतकको घरमै पुगेर मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

अभियान टोलीले भनेको छ, “मिलनविक्रम सेनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै क.शारदा शाह लगायत परिवारजनमा गहिरो समवेदन व्यक्त गर्दछौं । र, दिवंगत मिलन विक्रम सेनप्रति भावपूवर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।”

श्रद्धाञ्जली कार्यक्रममा उपस्थित नेताहरुमा पार्टीका स्थायी समिति सदस्य कृष्णराज पौडेल, पोलिटब्यूरो सदस्य शेरकुमार खड्का, पीवीएम सीपी शर्मा, शेरबहादुर देउवा, जितामित्र सुुनुवार, नारायण अधिकारी, केन्द्रीय सदस्यहरु दिलबहादुर कठायत, आकाश गौतम, विक्रम थापा, झनक श्रेष्ठ, भीमबहादुर श्रीस, दिपक विष्ट लगायतका नेताहरु हुनुहुन्थ्यो ।