अभियानको चौतिस औं दिन अर्थात बैशाख ६ गते रामेछाप मन्थली नपा वडा नम्बर १३ मिल्तिखोला बजारमा कोणसभा गरिएको छ । सभाको संचालन रामेछाप जिल्ला इन्चार्ज कमरेड लाङ्घाली मगरले गर्नुभएको हो । सभामा अभियानबारे पार्टीको धारणा मन्तव्य मार्फत पार्टीको स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले राख्नुभएको थियो ।

सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभयो । कोणसभा समापन पछि रामेछाप जिल्ला इन्चार्ज लाङ्घाली मगरद्वारा दोलखा जिल्ला इन्चार्ज पुर्णबहादुर खड्कालाई झण्डा हस्तान्तरण गरि अभियान टोलिलाई बिदाइ गरिएको छ ।

दोलखामा सर्वप्रथम अभियान टोलीले दोलखा जिल्ला भिमेश्वर नगरपालिका चरिकोटमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दोलखा जिल्ला पार्टी सम्पर्क कार्यलय उद्घाटन तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार भेटघाट कार्यक्रमको संचालन दोलखा जिल्ला सचीव गोबिन्द काफ्लेले गर्नुभएको थियो । पार्टीको निति तथा कार्यक्रम र अभियान बारे पार्टीको स्थाई समिति सदस्य सन्तबहादुर नेपालीले राख्नुभएको थियो । पत्रकारहरुको जिज्ञासा सहितको प्रश्नको जवाफ पनि स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले नै दिनुभएको थियो । जिल्ला पार्टीको सम्पर्क कार्यलयको ब्यानर खोलेर सन्तबहादुर नेपाली लगायत पार्टीको अभियान टोलिले दोलखा पार्टी कार्यालयको उद्घाटन गरेको छ ।



अभियानको पैतिस औं दिन अर्थात् बैशाख ७ गते दोलखा जिल्ला तामाकोसी गापा वडा नम्बर २,झुले पैयुबोटेको गाउँमा स्थानीयसग भेटघाट तथा छलफल गर्दै भित्तेलेखन र पर्चा बितरण व्यापक गरिएको छ ।


भेटघाटमा किसान मोर्चाको सदस्यता समेत बितरण गरिएको र भित्तेलेखन ५० वटा गरिएको जानकारी प्राप्त भएको छ ।






































