सहिद गंगालाल श्रेष्ठको जन्मस्थानको अवलोकनसहित २ नं अभियान टोलीद्वारा कोणसभा, जनश्रम, भित्तेलेखन र पर्चा वितरण सम्पन्न

सहिद गंगालाल श्रेष्ठको जन्मस्थानको अवलोकनसहित २ नं अभियान टोलीद्वारा कोणसभा, जनश्रम, भित्तेलेखन र पर्चा वितरण सम्पन्न

रामेछाप । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रबाट गठिन २ नं अभियान टोलीले बिहीबार रामेछापमा दुईवटा कोणसभा सम्पन्न गरेको छ । रामेछाप नगरपालिका चोकमा सम्पन्न कोणसभालाई प्रमुख वक्ताको रुपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, १० नं. क्षेत्रीय ब्यूरो इन्चार्ज प्रवेशले सम्बोधन गर्नुभएको थियो ।

सोही कोणसभालाई रामेछाप जिल्ला सचिव लाङघालीले पनि सम्बोधन गर्नुभएको थियो भने उद्घोषण शोभा सेन्चुरीले गर्नुभएको थियो । कोणसभामा रक्तिम परिवारबाट अपेरासहित सांस्कृतिक प्रस्तुति गरिएको थियो । कार्यक्रममा भित्तेलेखन र पर्चा वितरण समेत सम्पन्न गरिएको थियो । अभियान टोलीले बिहीबारै नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र सहिद गंगालाल श्रेष्ठको जन्मस्थान रामेछाम भंगेरी अवलोकन गरेको थियो ।

त्यसपछि जनसम्बन्ध विस्तार अभियान टोली मन्थलीबजार पुगेको थियो । मन्थीली बजारमा अभियान टोलीलाई मन्थली नगर समितिले स्वागत गरेको थियो । अभियान टोलीले मन्थली बसपार्कमा सम्पन्न गरेको कोणसभालाई बाबुराम सुवेदीले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन जीतमानले गर्नुभएको थियो । कोणसभासँगै पर्चा बितरण तथा भित्तेलेखन समेत गरिएको थियो । अभियान टोलीले बिहीबारै कठजोर पिप्लेमा जनभेटघात र जनश्रम सेवा लगायतका कार्य समेत सम्पन्न गरेको छ । अभियान टोलीको नेतृत्व पार्टीका स्थायी समितिका सदस्य सन्तबहादुर नेपालीले गरिरहनु भएको छ ।