रामसिङ श्रीसको नेतृत्व टिमले चैत्र२३ गते सम्पन्न गरेका कोणसभा, जनभेटघाट, पर्चा वितरण र भित्तेलेखन कार्यहरु

रामसिङ श्रीसको नेतृत्व टिमले चैत्र२३ गते सम्पन्न गरेका कोणसभा, जनभेटघाट, पर्चा वितरण र भित्तेलेखन कार्यहरु

२३ चैत्र जनकपुर । पहिलो कोण सभा रामानन्द चोक जनकपुरमा सम्पन्न गरियो । उक्त कोणसभा सन्चालन पार्टी जिल्ला सचिव नन्दकुमार झा र सम्वोधन पार्टी केस टेकबहादुर विकले गर्नु भएको थियो ।
दोसो्र कोणसभा गांगुलीबजार धनुषामा सम्पन्न गरियो । उक्त कोणसभालाई सन्चालन गर्ने पार्टी जिल्ला सचिव नन्दकुमार झा र सम्वोधन पिविएम रामनाायण सिंहले गर्नुभएको थियो ।


तेस्रो कोणसभा खिरखिरीया बजार धनुषामा गरियो, जसको सन्चालन पार्टी जिल्ला सचिव नन्दकुमार झा र सम्वोधन पिविएम रामनाायण सिंहले गर्नु भएको थियो ।
चौथो कोणसभा नगराइन बजार धनुषामा सम्पन्न गरियो, जसलाई पिविएम अशोक लम्शाल र पिविएम रामनाायण सिंहले सम्वोधन गर्नु भएको थियो र संचालन पार्टी जिल्ला सचिव नन्दकुमार झाले गर्नु भएको थियो ।


कोणासभा भएका सबैठाउँमा पर्चा वितरण र भित्तेलेखन पनि गरिएका छन् ।
त्यसबाहेक घोरघाम, फुलगाभाा, बहिरीमा पनि भित्तेखन गर्ने काम भयो । साथै जनतासँग व्यापक छलफल (अन्तरकृया) गर्नै काम पनि गरियो ।