चैत्र २४ को जनआन्दोलन दिवसको पुर्वसन्ध्यामा काठमाडौंमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको जुलुस प्रदर्शन

चैत्र २४ को जनआन्दोलन दिवसको पुर्वसन्ध्यामा काठमाडौंमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको जुलुस प्रदर्शन

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ९ नं ब्यूरोले चैत्र २४ को जनआन्दोलन दिवसको पुर्वसन्ध्यामा शनिबार साँझ ६ः२० बजे काठमाडौंमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

असनबाट निकालिएको मशाल जुलुस किलागल, न्युखा, भुरुङ्गखेल चोक हुँदै क्षेत्रपाटी चोकमा सम्पन्न गरिएको थियो ।

मशाल जुलुस प्रदर्शनलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य सुरेश तामाङले चैत २४ गते जनआन्दोलन दिवस भव्य रुपमा सफल पार्नका निम्ति मशाल जुलुस प्रदर्शन गरिएको बताउनु भयो । उहाँले भोलि १ बजे असनबाट जुलुस निकालिने र नगरपरिक्रमा गरी भुगोल पार्कमा पुगी जनसभामा परिणत हुने पनि जानकारी दिनुभयो ।

उक्त जनसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।