काठमाडौं । जारी जनसम्बन्ध विस्तार अभियान अन्तर्गत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह नेतृत्वको १ नं अभियान टोलीले आज (२३ चैत्र) धनुषा जिल्लाको सदरमुकाम जनकपुर लगायतका स्थानमा चारवटा कोणसभा, भित्तेलेखन र पर्चा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्राप्त समाचार अनुसार धनुषाको जनकपुरस्थित रामानन्द चोकको कोणसभालाई पार्टीका केन्द्रीय सदस्य टेक विकले सम्बोधन गर्नुभयो भने सञ्चालन जिल्ला पार्टी सचिव नन्दुकुमार झाले गर्नुभएको थियो ।
त्यसैगरी धनुषाकै गांगुली बजार र खिरखिरिया बजारमा रामनारायण सिंहको सम्बोधन र नन्दुकुमार झाको सञ्चालनमा दुईवटा कोणसभा सम्पन्न गरियो ।
त्यसैगरी धनुषाको नगराइन बजारमा नन्दुकुमार झाले सञ्चालन गरेको कोणसभालाई पार्टी पीवीएम अशोक लम्साल र रामनारायण सिंहले सम्बोधन गर्नुभयो । चारवटै कोणसभा भएको स्थानमा भित्तेलेखन र पर्चा वितरण पनि गरियो ।
त्यसबाहेक घोरघास, फुलगाभा, बहिरिमामा पनि भित्तेलेखन र पर्चा वितरण गर्ने काम सम्पन्न गरियो । फुलगामा रावागमा भित्तेलेखनका साथै स्थानीय जनतासँग व्यापक छलफल अन्तरक्रिया गरिएको अभियान टोलीका नेता रामसिंह श्रीसले जानकारी दिनुभयो ।