१६ नम्बर ब्युरोकोे दोस्रो बैठक सम्पन्न

१६ नम्बर ब्युरोकोे दोस्रो बैठक सम्पन्न

अप्सरा बानियाँ

 

चैत्र २१ विराटनगर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको १६ नम्बर ब्यूरोको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार मोरङको पथरी नगरपालिकामा सम्पन्न बैठकले यहि चैत्र २४ गते पर्ने जनआन्दोलन दिवसको अवसरमा विराटनगरमा एक कार्यक्रम आयोजन गरि मनाउने निर्णय गरेको छ ।
यस्तै आउदो वैशाख १८ मा पर्ने मजदुर दिवस (मे दिवस) भव्य रुपमा मनाउने निर्णय पनि लिएको छ । बैठकले सो दिवसलाई प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि विभिन्न योजना समेत तय गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले देशैभरी संचालन गरेको जनसम्बन्ध विस्तार अभियान विधिवत रुपमा यसैदिन समापन गर्नेछ । उक्त बैठकले केन्द्रीय टोली सहित १६ नम्वर ब्यूरोमा चैत्र ४ देखि ११ सम्म २ वटा टोली बनाएर जनसम्बन्ध विस्तार अभियान संचालन गरेको थियो । ५ वटा जिल्ला ताप्लेजुङ , पाँचथर , इलाम , झापा र मोरङ रहेको १६ नम्बर ब्यूरोमा पाँचथरको चिवा भन्ज्याङ र झापाको काँकरभिटाबाट चलेको अभियान समिक्षा गर्दै जिल्ला जिल्लामा आगामी वैशाख १८ सम्म अभियान जारी राख्ने निर्णय गरेको छ ।
बैठकको आतिथ्यता १६ नम्बर ब्यूरोका इन्चार्ज सुरेन्द्र भण्डारीले गर्नु भएको थियो भने बैठकको अध्यक्षता उक्त व्यूरोका सेक्रेटरी बिमल निरौलाले गर्नु भएको थियो ।