भोजपुरको ट्याम्केमैयु गापाका अध्यक्षसहितका जनप्रतिनिधिसँग अन्तरक्रिया, जनभेटघाट र भित्तेलेखन गर्दै १ नं. अभियान टोली खोटाङ प्रवेश

भोजपुरको ट्याम्केमैयु गापाका अध्यक्षसहितका जनप्रतिनिधिसँग अन्तरक्रिया, जनभेटघाट र भित्तेलेखन गर्दै १ नं. अभियान टोली खोटाङ प्रवेश

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस नेतृत्वको जनसम्बन्ध विस्तार अभियान टोली पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुर हुँदै आज खोटाङ जिल्ला प्रवेश गरेको छ ।

यो अभियान टोलीले आज विहान भोजपुर नगरपालिकाको देउरालीमा वालपेन्टिङ, पर्चा वितरण ग¥यो भने भोजपुर नपा ३ दावामा जनभेटघाट कार्यक्रम सम्पन्न ग¥यो । टोलीले ट्याम्के मैयु गापामा अध्यक्ष सरोज बस्नेतसहित जनभेटघाट र अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न ग¥यो । त्यसपछि ठाउँ ठाउँमा पर्चा वितरण, भित्तेलेखन गर्दै अभियान टोली खोटाङ जिल्ला प्रवेश गरेको छ ।

१५ नंं ब्यूरोका पार्टी नेतृत्वहरुले अभियान टोलीलाई १४ नं व्यूरोका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन् । प्राप्त जानकारी अनुसार १४ व्यूरोका प्रतिनिधि भवनाथ आचार्यले अभियान टोलीलाई खोटाङ जिल्लाको चखेवामा स्वागत गर्नुभएको छ । खोटाङ जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरी यो अभियान टोली सिराहा जिल्ला प्रवेश गर्नेछ ।