अर्घाखाँची । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले जनसम्बन्ध विस्तार अभियान चैत्र ४ गते पत्रकार सम्मेलनमार्फत उद्घाटन गरी बैशाख १८ गते सम्म जिल्लाका ६ वटै पालिकामा गर्ने कार्यक्रम घोषणा गरेको थियोे । जसको निरन्तरता स्वरुप चैत्र १६ गते सन्धिखर्क नगरपालिका वाड न.१ को तुम्कोट, वाड न ११को डिभर्ना, र वाड न १२को झेडी र जिमुरथुममा पर्चा वितरण ,क्रान्तिकारी सयुक्तमोर्चा नेपालको सदस्यता वितरण गर्दै कोणसभाहरु सम्पन्न गरेको छ । सभालाई क्रान्तिकारी कम्युनिस्ट नेपालका वैकल्पिक पिविएम नरेन्द्र थापाले सम्वोधन गर्दै दलाल संसदीय व्यवस्थाको विकल्प मरिसकेको राजतन्त्र होइन,जनवादी गणतन्त्र भएको बताउनु भयो । नयाँ जनवादी क्रान्तिबाट प्राप्त जनवादी गणतन्त्र स्थापना पछि मात्र आमजनताका समस्या समाधान हुने र वर्तमान संसदीय दलहरुबाट समाधान नहुने हुदा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण गर्नु परेको बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीले वर्तमान सत्तासिन र प्रतिपक्ष सत्ता लुछाचुँडीका कारण प्रतिगामीहरुलाई टाउको उठाउन मद्दत मिलेको बताउदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको झन्डामुनि गोलवन्द हुन सबैलाई आह्वान गर्नु भयो । कार्यक्रममा केन्द्रीय सल्लाहकार बुद्दि गैरेले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी महिला सगंठन जिल्ला अध्यक्ष माया नेपाली, अखिल नेपाल युवक संघ जिल्ला सचिव तारा हिताङ लगायतको उपस्थिति रहेको थियो ।